बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बागलुङ महोत्सवमा जारी भलिवलमा अनेरास्ववियु र नेपाली सेना फाइनलमा

बागलुङ महोत्सवमा जारी भलिवलमा अनेरास्ववियु र नेपाली सेना फाइनलमा


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७६, आइतबार

बागलुङ, २० पुस – सदरमुकाममा जारी छैठौ बागलुङ महोत्सवमा आयोजना गरिएको खुल्ला पुरुष भलिबलमा अनेरास्ववियु र  नेपाली सेनाको २३ नम्वरी बाहिनी अड्डा फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाले साविकको बिजेता छन्त्याल कन्ट्रकशनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने अनेरास्ववियुुले राष्ट्रिय युुवा संघ विनामारेलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक रुपमा भएको पहिलो सेमिफाइनल खेलमा २३ नम्बर बाहिनी अड्डाले पहिलो सेट २५/२३, तेस्रो सेट २५/२३ जितेको थियो भने छन्त्याल कन्ट्रकशनले भने दोस्रो सेट २३/२५ र चौथो सेट २२/२५ ले जितेको थियो । दुवै समुुहले दुुई–दुुई सेट जितेपछि अन्तिम सेटमा २३ नम्वरी वाहिनी अड्डाले छन्त्याल कन्ट्रकशनलाई १५/९ ले पराजित गर्दै बागलुुङ महोत्सवको खुुल्ला पुुरुष भलिबलको फाइनल प्रवेश गरेको हो ।
दोस्रो सेमिफाइनल खेल अनेरास्ववियुले राष्ट्रिय युवा संघ बिनामारेलाई ३/० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । अनेरास्ववियुुले क्रमश पहिलो सेट २५/१८, २५/२२ र २५/११ को सोझो सेटमा पराजित गरेको हो ।
वर्षाका कारण एकदिन थप गरिएको बागलुुङ महोत्सव २१ गते सम्म सञ्चालन हुुनेछ, खुल्ला पुुरुष भलिबलको फाइनल खेल नेपाली सेनाको २३ नम्बर वाहिनी अड्डा बागलुुङ र अनेरास्ववियुु बिच सञ्चालन हुुनेछ । त्यस्तै खुल्ला पुरुष भलिबलको तृतिय स्थानका लागि सेमिफाइनलमा पराजित भएका छन्त्याल कन्ट्रकशन र राष्ट्रिय युवा संघ विनामारे विच सञ्चालन हुुनेछ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र तृतीय हुने टिमले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने उद्योग बाणिज्य संघ बागलुङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->