आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लागुऔषध सहित काठेखोलाका दुई युवा पक्राउ

लागुऔषध सहित काठेखोलाका दुई युवा पक्राउ


  • Dhorpatan News
  • पुष २१ २०७६, सोमबार

बागलुङ, २० पुस – बागलुङको काठेखोला गाउँपालिकाका दुई युवालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।े विशेष सुराकीका आधारमा काठेखोला गाँउपालिका वडा नं.७ मुल्पानी बस्ने २१ वर्षीय सोम बहादुर बि.क. र वडा नं. ३ बस्ने १८ वर्षीय रोहित बोहोरालाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक झपिन्द्र प्रसाद भट्टराईले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट फेनारगज १७, नुरफिन १७ र डाईजापाम १७ एम्पुल गरी एक ५१ एम्पुल लागुऔषध डाईजेपाम सहित आईवार पक्राउ गरेको हो । उनीहरु सदरमुकाम बागलुङ बजारबाटनै पक्राउ परेका हुन् । दुवै जनालाई लागुऔषध कसुरमा मुद्धा दर्ता गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएकोे भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->