बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यस्ता छन् मुलाले दिने अनेकाै फाइदा

यस्ता छन् मुलाले दिने अनेकाै फाइदा


  • Dhorpatan News
  • पुष २३ २०७६, बुधबार

काठमाडाैं,२३ पुस –  क्यान्सरदेखि गिजाबाट रगत आउने लगायत थुप्रै राेगकाे समस्या समाधान र मुलाले औंषधिकाे काम गर्छ ।क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।मुलामा भिटामिन सी हुने हुँदा यसले शरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ । जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ ।मूला तथा सागपातको सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम गर्ने विशेषज्ञहरूले बताएका छन् ।यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले शरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ ।रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ ।वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ । मुलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ । १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ ।दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ । मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत कम गर्ने गर्छ ।मुलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।मुलामा प्रशस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ । दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मुलाको सेवन उपयोगी हुन्छ ।मुलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ ।गिजाबाट रगत आउने समस्या भएकाहरूका लागि मुलाको सेवन निकै फाइदाजनक हुन्छ । मुलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जीवाणुहरू नष्ट गर्न सहयोग गर्छ। जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->