पोखरा, २ माघ – बगर भाइ खलक पोखराको आयोजनामा हुने नवौँ संस्करणको एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।पोखरामा आउँदो माघ ६ गतेदेखि अन्तर्रा्ष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने छ । स्व. रन्जित गुरूङ स्मृतिमा एवं नवौं एट ए साइड अन्तर्रा्ष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको हो ।नेपालका भुपु राष्ट्रिय खेलाडी तथा कलाकारहरुको समेत सहभागीता रहेने प्रतियोगिताको पुरस्कारको राशि समेत यस वृद्धि गरिएको छ ।विगत ४ वर्षदेखि नबढेको पुरस्कार राशि यस वर्ष रू ११ हजार बढाएर एक लाख ११ हजार रुपैँया प¥याइएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा जानकारी जानकारी दिइएको छ ।खेल प्रतिको अभिरूचि वृद्धि गर्न आयोजित प्रतियोगितामा यस वर्ष प्रथम हुने एक टिमले रू एक लाख ११ हजार रुपैँयाका साथमा रनिङ शिल्ड, पदक र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय हुनेले रू ५५ हजार ५ सय ५५ रुपैँयाका साथै ट्रफी, मेडल र प्रमाण–पत्र पाउने आयोजक संस्थाका अध्यक्ष दिलबहादुर गुरूङले बताए ।
अयोजकले यस वर्षदेखि सेमिफाइनल पुग्ने सबै टिमलाई प्रोत्साहन स्वरूप रू १० हजार रुपैँया प्रदान गर्ने भएको छ । यसबाहेक उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित रू ५ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित रू १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । अध्यक्ष गुरूङका अनुसार अनुशासित टिम, म्यान अफ दि म्याच र प्रतियोगितामा सहभागि हुने ज्येष्ठ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।प्रतियोगिता सम्पन्न गर्न रू १४ लाख ५० हजार खर्च लाग्ने उनले बताए । प्रतियोगितामा दुई विदेशी क्लबसहित २६ क्लबको सहभागिता रहने छ । त्यसमा १९ टिम कास्की जिल्ला बाहिरका रहने छन् । प्रतियोगिता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । गएको वर्ष भएको आठौँ संस्करणको उपाधि ए.बि.सी, पोखराले हात पारेको थियो ।स्व. रन्जित गुरूङ पोखराको खेलकुद विकासमा लागेका सक्रिय व्यक्ति हुन् । उनी पोखराको पृथ्वी नारायण क्याम्पसका खेल शिक्षक थिए । पोखरामा रहेर खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै उनलाई तत्कालिन पोखरा उप–महानगरपालिकाले पोखरा रत्नबाट सम्मान गरेको थियो । परिवारको मुख्य प्रायोजन रहने गरी उनकै सम्झनामा प्रतियोगिता हँदै आएको छ ।




