पानीबाट गरिने उपचार पद्धतिलाई बोलीचालीको भाषामा ‘स्पा’ पनि भनिन्छ । यो सालस पर एक्युम (कबगिक उभच बअगm) को छोटकरी रुप पनि हो । स्पा उपचार पद्धति नौलो लागेपनि यो परापूर्वकालदेखि नै चल्दै आएको विधि हो । समाज विकासका क्रममा स्वास्थ्यकर्मी थिएनन्, चिकित्सक थिएनन । तर पनि मानिसहरु बिरामी भइरहन्थे । त्यसको उपचारका लागि प्राकृतिक पद्धति अपनाइन्थ्यो । लडाईंका क्रममा घाउचोट लाग्थ्यो । त्यसका लागि पानीमा प्राकृतिक जडिबुटीहरु मिसाएर पिउने चलन थियो । तातो या चिसोपानी दुवै प्रयोग गर्नेचलन थियो । कुनैबेला युरोपेली मुलुकहरुले जमेको पानी अथवा झरनामार्फत् उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो । खासगरी खनिज तत्व मिसिएको पानीमा स्नान गर्दा विभिन्न रोग निको हुने भएकाले रोमन सभ्यतादेखि नै जल चिकित्सा प्रचलनमा रहँदै आएको हो । अहिलेपनि नेपालका विभिन्न ठाउँमा पनि यस्ता स्वास्थ्यका लागि उपयोगी हुने खालका झरना तथा मुलहरू प्रसस्तै छन् । उपचारको अर्को विधि मसाज पनि परापूर्वकालदेखि नै चल्दै आएको हो । बच्चा जन्मेदेखि नै मालिस गर्ने चलन छ हाम्रो समाजमा ।
के हो स्पा ?
स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, भावहुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ । स्पा पहिले उपचार पद्धतिथियो । बदलिँदो सोंच र सभ्याता सँगै अब यो आराम र आनन्दको माध्यम पनि भएको छ । सामान्यतः स्पा ३ घण्टाको हुन्छ । साउन स्टिम, आर्युवेदिक मसाज, हट स्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सन मसाज जस्ता हुन्छन् । स्पाभित्र हेयर स्पा, फेस स्पा, नेक स्पा, आइ स्पा, नेल स्पा, स्किन स्पा तथा बडीस्पा पर्छन् । स्पा मसाज भनेर गलत हिसाबले बुझ्ने परिपाटी छ हाम्रो समाजमा । तर यो आर्युवेदिक पद्धतिबाट गरिने उपचार विधि नै हो । स्पाले मानिसलाई स्वस्थ्य बनाउन मद्दत गर्छ । स्पाले रक्तसञ्चार बढाउँछ, रोगसँग लड्न सक्ने क्षमता बढाउँछ, थकान कम गराउँछ, खानामा रुची जगाउँछ, निन्द्रा लगाउन मद्दत गर्छ । शरीर झमझम गरेमा मसाजले ताजा महसुस गराउँछ ।
जोर्नी दुखेको छ, अनिद्राको समस्या छ, सानो–सानो कुरामा आत्तिने बानी छभने स्पाले स्पाले स्नायु प्रणालीलाई पुर्नताजगी बनाउँछ र यस्ता समस्या निको पार्न मद्दत गर्छ । स्पा व्यस्त ज्ञडलाई सन्तुलित राख्ने उत्तम विधि हो । यस्तो धपेडीपूर्ण दिनचर्यालाई तनावरहीत, सुखद र आनन्ददायक बनाउने एक उत्तम माध्यम हो । तनाव तथा अनिन्द्रा छ र त्यसलाई कम गर्न चाहन्नुहुन्छ भने पनि स्पा एकदम उपयुक्त माध्यम हो । यसबाट शरीरका हरेक क्षिद्र खुल्छन र शरीरमा भएका विषादी बाहिर निस्कन्छन् । यसबाट नशा च्यापिएको, ढाड दुखेको जस्ता थुप्रै समस्याबाट राहत मिल्छ । शिरोधारा, कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, साउना, फ्रुट फेसियल, बडी, स्क्रब, हट स्टोन मसाज, डिप सेन्स मसाज, फुटबाथलगायत पर्छन् ती सबैका आ–आफ्नै महत्व छन् । मानिसहरु शरीरमा कुनै न कुनै समस्या लिएर आउछन् । कुनै टाउको मात्र मसाज गराउन चाहन्छन्, कोही खुट्टाको त कोही सबै शरीरको मसाज गराउन चाहन्छन् । स्पाले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गरिदिन्छ । स्पाले शरीरका विषाक्त पदार्थहरु निकालेर प्रतिरोध क्षमता बढाउँछ र रक्तसञ्चारलाई ताजा राख्छ ।
स्टिम र साउना के हो ? के–के छन् फाइदा ?
‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ भनेको सुक्खा तातो बाफ हो । यी दुवै विधि अन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ । स्टिम र साउना दुवैको आ–आफ्नो महत्व छ । साउनाको चलन सताब्दी देखिनै चलेको हो । विशेष गरी फिनल्यान्ड र युरोपेली देशमायसको प्रचलन पाइन्छ । अहिले अधिकांश देशमा स्टिम र साउनाको माग बढेको छ । स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । यसलाई हप्तामा १–२ पटक प्रयोग ग¥यो भने उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन पद्दत मिल्छ । वातावरणको धुलोधुँवाले गर्दा हामी थकित भएका गछौं । स्टिम र साउनामा आधा–एक घन्टा बसेपछि आनन्द महसुस हुन्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर ‘फ्रेस’ बनाउँछ । शरीरमा टाँसिएको धुलोधुँवाका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ । जसले छालासफा हुन्छ र अनुहारमा भएका डन्डीफोर हटेर जान्छन् । स्टिम र साउना बाथ लिँदा धेरै पसिना बग्ने हुँदा त्यसबेला १–२ लिटर नुन र कागती हालेर पानी पिउनुपर्छ । स्टिम र साउना बाथ साना बच्चाहरु, गभवर्ती महिला र छारेरोग भएका मान्छेले गर्नु हुँदैन ।
स्टिम र साउनाका फाइदा
– शरीरमा भएका बिकारलाई हटाउँछ, तनावबाट मुक्ति दिलाउँछ, छालामा जमेको फोहोर निकालेर सफा बनाउँछ, निरन्तरको स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ, स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ, शरीरले आनन्द महसुस गर्छ, आदि । गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ । गर्मी महिनामा पनि स्टिम र साउना लिने गरिन्छ । यसलाई शरीर तातो बनाउने उपायका रुपमा मात्र नभई शरीरबाट पसिना निकाली स्वस्थ रहने उपायका रुपमा लिनुपर्ने हुन्छ । स्टिम र साउनासँगै आर्युवेदिक ट्रिटमेन्ट (मसाज, फेसियल आदि) गर्दा शरीरलाई धेरै फाइदा पुग्छ । बुढेसकाल लागेसँगै उठ्न र बस्न गाह्रो हुनेहरुले स्टिम र साउना लिँदा उपयुक्त हुन्छ । जोर्नीहरु कडा भएर हिँडडुल गर्न गाह्रो हुनेहरुलाई स्टिम र साउना बाथले जोनीहरु खुकुलो बनाउन सहयोग गर्छ । नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना बाथ राम्रो विकल्प हो । प्रसस्त पसिना निस्कने भएकाले यसले क्यालोरी बर्न गर्न मद्दत गर्छ । जब हामी जन्मन्छौं, तेल लगाएर हाम्रो शरीरको मसाज गरिन्छ । यसले शरीरमा रक्त प्रवाह सुचारु हुन मात्र होइन, मांसपेशी, हड्डी बलियो ?





