बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विकासको बिषयमा सत्ता र प्रतिपक्ष एकै ठाउँमा

विकासको बिषयमा सत्ता र प्रतिपक्ष एकै ठाउँमा


  • संजय रेग्मी
  • माघ ४ २०७६, शनिबार

पर्वत,४ माघ – नेपाली राजनीतिको अवस्थालाई हेर्ने हो भने प्रतिपक्षीका राम्रा प्रस्तावलाई सत्ता पक्षीले प्रायः बेठिक आरोप लगाउँदै लत्त्याउँछन् । अनि सत्ता पक्षीले राम्रो काम गरे पनि प्रतिपक्षीले नराम्रोको ‘ट्याग’ दिइहाल्छन् । देशको राष्ट्रिय राजनीतिमा पनि यो भइरहेको छ ।तर पर्वतको राजनीतिमा यो भन्दा केही फरक अवस्था देखिँदा आम नागरिक र राजनीतिज्ञहरूमा पनि सकारात्मक सन्देश पैmलिएको छ । ७ ओटा स्थानीय तह रहेको पर्वतमा ३ ओटामा नेपाली काँग्रेसले जितेको थियो भने ४ ओटामा नेकपाका प्रमुखहरू छन् । तर पनि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले भने पार्टीगत राजनीति भन्दा माथि उठेर प्रत्येक पालिकामा पुगेर त्यहाँ भइरहेका विकास, निर्माण र प्रयासका बारेमा छलफल गरिरहेका छन् ।सबै पालिकामा पुग्ने गरी जिल्ला दौडाहामा लागेका केन्द्रित सदस्य जोशीले बिहीबार फलेवास नगरपालिका पुगेर नेकपाबाट नगरप्रमुख बनेका पदमपाणी शर्मा, उपप्रमुख मञ्जु अधिकारी, प्रवक्ता टीकाराम गौडेल लगायतको समूहसँग बसेर नगरपालिकाले विकास र नागरिकको सहजताका लागि गरिरहेको प्रयासका बारेमा जानकारी लिए अनि आपूmले अनुभव गरेका कुराहरू उनीहरूलाई सुनाए । ‘नागरिकको पक्षमा काम गर्ने हो भने पार्टीगत स्वार्थभन्दा माथि उठेर सबै दलहरू मिलेर राम्रा काम गर्नुपर्छ ।’ काँग्रेस नेता जोशीले भने, ‘सत्तापक्ष र प्रतिपक्ष भन्दैमा सधैँ लडाइँ नै गर्ने भन्ने होइन । नराम्रा कामको खुलेर विरोध गर्नुपर्छ, राम्रा कामलाई खुलेर सहयोग गर्नुपर्छ ।’ आपूmले प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनमा लडेर हार बेहोरेको भए पनि जनताको मनबाट भने हार नबेहोरेका कारण सदैव जनताको सहजताको पक्षमा लाग्ने उनको भनाई छ । नेता जोशीले काँग्रेस वा कम्युनिस्ट जसले जितेको भए पनि सबै पालिकाहरूमा पुगेर त्यहाँका कामहरूका बारेमा जानकारी लिने र आपूmसँग भएका तौर तरिकाहरू दिने बताए ।

यस्तै नगरप्रमुख शर्माले नेताहरू बनाउने जनता नै भएकोले नेताहरू सदैव जनताको बन्न सक्नुपर्ने बताउँदै आपूmहरुले पनि त्यही अभ्यास गरेको बताए । देशमा राजनीतिक आन्दोलनहरू सकिएर समृद्धिको आन्दोलन सुरु भइसकेकोले समृद्धिको यात्रामा कोही पनि फुट्न नहुने उनको भनाई छ । ‘राजनीतिक आन्दोलनमा पो यो दल र उ दल भनेर लड्ने हो, विकास र समृद्धिको लडाइँ त सबैको साझा हो । हामी सबै मिल्नुपर्छ ।’ उपप्रमुख मञ्जु अधिकारीले विकासको मुद्दा सबै दलको साझा भएकोले आपूmहरुबीच भएको छलफल महत्त्वपूर्ण भएको बताइन् ।भेटका क्रममा नेता जोशीले विकास गर्ने बेला यही भएको भन्दै यो बेलामा राजनीतिक बिचार धाराका आधारमा कुनै पनि ठाउँको विकासलाई प्रभावित हुन दिन नहुने बताउँदै राजनीतिक यात्राका क्रममा आपूmले सिकेका कुराहरू जनप्रतिनिधिहरूलाई प्रदान गर्दै जनप्रतिनिधिसँग भएका तरिकाहरू आपूmले पनि टिपोट गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->