बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा प्लाष्टिकको चामल भएको हुन सक्ने आशंका

पर्वतमा प्लाष्टिकको चामल भएको हुन सक्ने आशंका


  • ढोरपाटन संबाददाता
  • माघ ६ २०७६, सोमबार

पर्वत,६ माघ-  बजारमा प्लास्टिकको चामल आएको र त्यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको चर्चा चलिरहेको बेलामा पर्वतमा पनि प्लास्टिकको चामल हुन सक्ने आशङ्का गरिएको छ ।

कुस्मा नगरपालिका – ५ मेलमिलाप चोकमा पसल सञ्चालन गर्दै आएका प्रेम जैसी लामिछानेले उपभोग गरिरहेको चामल प्लास्टिकको हुन सक्ने आशङ्का गरेर ल्याब परीक्षणको लागि काठमाडौँ पठाउन लागिएको छ । लामिछानेका अनुसार खाना खाने बेलामा सामान्य खालको चामल जसरी नचपिएपछि त्यो चामल प्लास्टिकको हुन सक्ने अनुमान गरिएको हो । ‘बिहान आमा छोरीले खाना खान लागेका रहेछन्, छोरीले राम्रोसँग चामल चपाउन नसकेपछि डल्लो पारेर टेबलमा बजार्दा उफ्रिएछ ।’ उनले भने, ‘शङ्का लागेपछि हामीले तुरुन्तै जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थियौँ ।’ झन्डै १० दिन सोही बोराको चामल खाइसकेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य सङ्घको टोलीले अनुगमन गरी बोरामा रहेको चामलको नमुना खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानको लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीले बताए । शङ्कास्पद भेटिएपछि उक्त ब्रान्डको चामल कुस्माबजारमा बिक्रीका लागि रोक समेत लगाइएको छ । प्लास्टिकको भएको हुन सक्ने आशङ्का गरिएको बोरा २५ किलो तौलको छ । उक्त चामल गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->