आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्यटन विकास र सहकार्यकोलागि छलफल

पर्यटन विकास र सहकार्यकोलागि छलफल


  • ढोरपाटन संबाददाता
  • माघ ८ २०७६, बुधबार

पोखरा, ८ माघ – बागलुङको होटल तथा पर्यटन ब्यबसायको वारेमा पोखरामा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बागलुङ पर्यटन विकास समिति , बागलुङ उद्योग वाणिज्य संघ तथा बागलुङ होटल तथा रेस्ट्रुरा व्यवसायीको टोलीले वुधवार पृथ्वी होटल व्यवसायी समिति र सिटी रेवानमा आवद्द व्यवसायीविच छलफल भएको हो । जिल्लाको पर्यटन र होटल व्ययसायको प्रबर्दनको सम्बन्धमा अनुभव आदानप्रदान गर्नकोलागि उक्त कार्यक्रम गरिएको बागलुङ पर्यटन व्यवसायी समितिका सचिव अर्जुन चोखालले जानकारी दिए ।कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डेयले पोखरा बाट मुक्तिनाथ जाने पर्यटकलाई बागलुङ बजारमा बस्ने वातावरण बनाउनको लागि आफुहरुले पहल गर्ने बताए । महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास भएको बागलुङ बजारमा पर्यटक आकर्षण गर्नकालागि व्यवसायीलेपनि ध्यान दिन उनले आग्रह गरे । स्थानीय रहन सहनको जगेर्ना गर्दै पर्यटकको आवश्यकता अनुसार सेवा सुविधा प्रदान गर्न उनको अनुरोध थियो ।
सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले र पोखरा र बागलुङका व्यवसायीवीच सहकार्य गरि होटल तथा पर्यटन विकासको लागि काम गर्न आफुहरू तयार रहेको बताए । बागलुङ जिल्ला सदरमुकाम वाहेक धेरै पर्यटकी गन्तब्य रहेपनि पर्यटनको विकास नभएकोले गुरुयोजना बनाएर पर्यटन विकास गर्न जरुरी रहेको उनले बताएका थिए ।
बागलुङ होटल तथा रेस्ट्रुरा व्यवसायी समितिका अध्यक्ष निलेश राज भण्डारीले बागलुङको होटल व्यवसायको अवस्थाको वारेमा जानकारी दिएका थिए । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजू खडकाले जिल्लाका पर्यटकीय गन्तब्य तथा पर्यटन विकासको अवस्था वारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा सहभागी बागलुङ र पोखराका पर्यटन व्यवसायीहरुले पर्यटनको क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पर्यटन क्षेत्रको सबैभन्दा महत्वपूर्ण मानिएको होटल व्यवसायलाई कसरी पर्यटनमैत्री बनाउन सकिन्छ भन्ने बिषयमा व्यवसायीबीच अनुभव आदान–प्रदान गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पोखराबाट बागलुङ पु¥याउने र बागलुङबाट पोखरा पु¥याउने विषयमा सहकार्य गर्ने विषयमा व्यवसायी बीच छलफल भएको थियो । पर्यटकको चाहना अग्ला घर भन्दा पनि कला सस्कृति, धार्मिक तथा प्राकृतिक सम्पदासंग रमाउने भएकोले त्यस तर्फ ध्यान दिनसके ग्रामीण भेगमा पर्यटन विकासको राम्रो सम्भावना रहेको उनिहरुको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->