पोखरा, १२ माघ – पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकहरुले सोमबार देखि अनिश्चितकालिन अध्यापन बन्द गरेका छन । लामो समय देखि आन्दोलनमा रहेका प्राध्यापकहरुले आंशिक शिक्षकहरुको समस्या समाधान नभएसम्म आफुहरुले आफ्नो कक्षा संचानल नगर्ने भएका छन ।
पृथ्वीनारायण क्याम्पसले आंशिक प्राध्यापकहरुलाई समेत करारमा राख्नुपर्ने माग सहित आन्दोलन गरेका हुन । क्याम्पस प्रशासनलाई बारम्बार ध्यानाकर्षण गराएपनि समस्याको समाधान नभएको भन्दै अन्तिम आन्दोलनको रुपमा आफुहरुले सोमबार देखि समस्या समाधान नभएसम्म अध्यापन नगराउने भएको आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।
२ सय ८१ जना आंशिक प्राध्यापकहरु रहेको पिएन क्याम्पसमा सबैले समस्याको समाधान नभए आफुहरुले सामुहिक राजिनामा दिने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
आर्थिक पक्ष मजवुद हुँदाहँदै पनि आंशिक प्राध्यापकका लागि अति न्युन लगानी गर्दै बारम्बार ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गरेको कारणले आफुहरुले आन्दोलनको कदम चाल्न बाध्य भएको अध्यक्ष सुनिल गौतमले बताए ।
बौद्धिक श्रम शोषणको चेपुवामा पर्यौ ः प्राध्यापक संघ
पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आशिंक प्राध्यापकहरुले क्याम्पस प्रशासनले आफुहरुको बौद्धिक श्रम शोषण गरेको बताएका छन । प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्राशासनले आफुहरुको विगतका वर्ष देखि नै बौद्धिक श्रम शोषण गरेको बताएका छन । क्याम्पस प्रशासनले दैनिक ज्यालादारी प्रथाबाट आफुहरुको बौद्धिक शोषण गरेको बताए । १४ वर्ष देखि लगातार विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै श्रमको उचित मुल्याङ्कन नगरेको र प्रशासनले पटक पटक छलकपटको मात्र काम गरेको बताउदैँ अब समस्याको समाधान नभए २ सय १८ जना आंशिक प्राध्यापकले सामुहिक रुपमै राजिनामा दिने बताए । त्यस्तै अर्का आशिंक प्राध्यपक तथा संघका सचिव खिमानन्द पौडेलले वि.सं २०६३ साल देखि नै समस्याको बारेमा आन्दोल गरेपनि त्रिभुवन विश्वविधालयका अन्य आंगिक क्याम्पसहरुमा समस्याको समाधान भए पनि पृथ्वीनारायण क्याम्पसमा मात्र समाधान नभएको धारणा राखे । समस्याको समाधान नभएपछि ०७४ साल देखि पृथ्वीनारायण क्याम्पसमा मात्र सिमित गरि आन्दोल शुरु गरिएको उनले बताए । पटक पटक विविध संघर्षका कार्यक्रम गर्दा समेत क्याम्पस प्रशासनले वेवास्ता गरेको भन्दै ०७६ मंसिर देखि पुनःचरणबद्ध आन्दोलनमा होम्मिएको उनले ।
संघले दैनिक ज्यालादारीबाट मुक्त गरी मासिक तलव प्राप्त गर्ने गरी करार सेवामा नियुक्ति गर्नुपर्ने भन्दै लामो समय देखि क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेपनि माग पुरा नभएको कारणले अनिश्चिकालीन अध्यापन ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।
पृथ्वीनारायण क्याम्पसमा विगत १४ वर्ष देखि आंशिक प्राध्यापकहरुले कक्षाभार सहित अध्यापन गराउँदै आएका छन । स्नातकोत्तर तहमा साप्ताहिक रुपमा १२ पिरियड र स्नातक तहमा १५ पिरियड कक्षाभार बहन गर्दै आएका छन् । पृथ्वीनारायण क्याम्पसमा कुल ५ सय ४९ जना प्राध्यापकहरु रहेका छन् । जसमा २ सय १८ जना आंशिक प्राध्यापक रहेका छन ।
आशिंक प्राध्यापकहरुले कुल कक्षाभारको करिब ७० प्रतिशत कक्षाभार बहन गर्दै आइरहेका छन । आंशिक प्राध्यापकले प्रति प्रिरियड रु ३ सयका दरले पाउने गर्छन । क्याम्पस प्रशासनले पञ्चायती साशनमा प्राध्यापकलाई कुण्ठित गरेको आरोप लगाएका छन । आंशिक प्राध्यापकले पठनपाठन ठप्प गरे विधार्थीलाई पुर्ण रुपमा प्रभाव पर्ने देखिन्छ ।
क्याम्पस प्रशासनको गैर जिम्मेवारी, निस्क्रिय, उदासिनताको कारणले नै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको प्राध्यपकहरुको भनाइ रहेको छ । माग पुरा नभए आंशिक शिक्षकहरुले सामुहिक राजिनामा दिने बताएका छन् ।
मेरो कारण समस्या भएको भए राजिनामा दिन तयार छु ः क्याम्पस प्रमुख
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख डाक्टर चन्द्र बहादुर थापाले आफ्नो कारणले गर्दा आंशिक प्राध्यापकहरुलाई समस्या परेको भए पदबाट राजिनामा दिन तयार रहेको बताए ।
प्राध्यापकहरु अन्यायमा परेको स्विकार्दै उनले क्याम्पस प्रशासनको हातमा केहि नभएको स्पष्ट पारे । “क्याम्पस प्रशासनको हातमा केहि हुदैँन केन्द्रले नै हो तय गर्ने मेरो काम समस्या लिएर जानेमात्र हो निर्णय केन्द्रले गर्ने हो, यस्कालागि समिति गठन हुन्छ केन्द्रबाट अनुगमन समित आएर अनुगमन गरेपछिमात्र थाहा हुन्छ” डा. थापाले भने । आफ्नो तर्फबाट गर्न सक्ने सम्पुर्ण सहयोग गरेको बताउदैँ उनले विधाथीको माग अनुसार एक दिन भए पनि अन्य आंशिक शिक्षक राख्न बाध्य हुने बताए । आंगिक क्याम्पस भएको कारणले आफुले केहि गर्न नमिल्ने उनको भनाइ रहेको छ । “प्राइभेट क्याम्पस भएको भए मैले दिने थिए तर यो आंगिक क्याम्पस हो प्रक्रियामा जानुपर्छ मैले पनि दबाब दिएको छु”डा. थापाले भने ।





