बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

न्याय पाईन् अपांग गौमायाले

न्याय पाईन् अपांग गौमायाले


  • ढोरपाटन संबाददाता
  • माघ १३ २०७६, सोमबार

बागलुङ, १३ माघ – आफ्नै श्रीमानको यातना र हेलाहाबिरुद्ध अदालत गएकी पर्वतको क्याङकी एक अपांग महिलाले न्याय पाएकी छिन् । श्रीमानको यातानापछि मानसिक रोगले थलिएकी गौमाया पुनले अंश पाउने गरी न्याय भएको हो । पर्वतको शालिजा घर भई हाल बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर बस्ने छबिलालको आश्रयमा बसेकी गौमायाले श्रीमानले हेलाहा गरेको ३५ बर्षपछि न्याय पाएकी हुन् ।
बहिनी ज्वाइकोमा बसेर उनले जीवन बिताइरहेकी छिन् । भारतीय सेनाका पेन्सन भएका उनका श्रीमान डमरबहादुर फगामीले कुटपिट गर्ने र कान्छी श्रीमती बिबाह गरेर हेलाहा गरेपछि उनको बिचल्ली भएको थियो । गौमायाका श्रीमान डमरबहादुर पुनले २०४१ सालदेखि उनलाई छाडेका थिए । श्रीमानले पेन्सनपट्टामा पनि जेठी श्रीमती नदेखाई कान्छी मात्र देखाएर अंशबाट समेत बञ्चित गराएपछि छबिलालले अदालतको ढोका ढकढकाएका थिए । पेन्सन निस्केर पछिल्लो १० बर्षदेखि डमरबहादुर अमेरिकामा काम गर्छन् । मासिक ४ लाख रुपैयाँ कमाउने डमरले गौमायालाई खान लाउन पनि नदिएर अलपत्र पारेका थिए ।
गौमायाले डमरबहादुर र कान्छी श्रीमती खिरमायाबिरुद्ध बहुबिबाह र अंग मानाचामलको मुद्दा दिएकी थिइन् । जिल्ला अदालत पर्वत, उच्च अदालत पोखरा, बागलुङ इजलास र सर्बोच्च अदालत समेत धाएर गौमायाले श्रीमानले छाडेको ३५ बर्षपछि न्याय पाएकी छिन् । डमरबहादुर अमेरिकामा बस्छन्, श्रीमती खिरमाया एक छोरी र एकछोरासँग पोखरा बस्दैआएका छन् । खिममाया र डम्बरबहादुर समेतबाट अंश, खर्च र न्याय दिने गरी सर्बोच्चले जिल्लाकै फैसला सदरम गरिदिएको हो । अंश तथा मासिक खर्च दिलाईपाउँ भनेर २०७१ साल बैसाख ९ गते दिएको मुद्दा जितेपनि डमरबहादुर र खिममाया पुनले अंश दिएका थिएनन् । उच्च अदालतमा अपांग गौमायाबिरुद्ध जालसाझी मुद्दा दिएर उनीहरुले सास्ती दिएको छबिलालले गुनासो रे ।
छबिलालले मुद्दा खेप्नका लागि ज्यालामजदुरी गरेको पैसा खर्चेका थिए । मजदुरी गरेकै कारण आफ्ना छोराछोरी समेत राम्रो पढाउन नसकेको उनले गुनासो गरे । सर्बोच्चबाट मुद्दा जितेपछि गौमायाले कम्तिमा पोखराको घरबाट २५ लाख रुपैयाँ, श्रीमानको पेन्सनको एक तिहाई र अन्य सेवा पाउनेछिन् । जिल्ला अदालतको फैसला कार्यान्वनय गराउन गौमायाले दोहो¥याएर जिल्ला र उच्च अदालत बागलुङमा धाउनु परेको थियो । फैसला बमोजिम बण्डा छुट्टयाई पाउने मुद्दा र बहुबिबाहपनि जिल्लाकै सदर हुने भएपछि पिडकले सजायपछि जिल्ला फर्केरै पाउने व्यवस्था भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->