बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जुनोटिक रोग : कोरोना भाइरस

जुनोटिक रोग : कोरोना भाइरस


  • डा. सचिन ढकाल
  • माघ १४ २०७६, मंगलबार

अत्यन्तै खतरनाक प्रकारको नयाँ भाइरसको रुपमा विश्वभर फैलने सभ्भावना देखिएको नोभल कोराना भाइरस (2019-nCoV) अहिले विश्वभर चर्चामा छ । यस नयाँ भाइरसको सक्रमणले भयाभह रुप लिएसँगै विभिन्न स्वाथ्य संगठनहरु यसको अनुसन्धानमा जुटिरहेका छन् । यो भाइरस चिनको देश नेपाल, भारत, इण्डोनेसिया, ताइवान, जापान, कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, थाइल्याड र यूरोप सम्म पुगेको छ ।
१) के हो 2019 Novel coronavirus ?
२०१९ नोवल कोरोना भाइरस (2019 Novel coronavirus) or 2019-nCoV एउटा नयाँ श्वासप्रश्वास स म्वन्धी भाइरस हो जुन २०१९ को डिसेम्वर महिनामा पहिलोपटक चीनको वुहान शहरमा देखा परेको हो ।
२) 2019 Novel coronavirus के वाट सर्छ ?
यो भाइरस के बाट सर्छ भनेर स्वास्थ्य कमीहरु यसको मुल श्रोतको खोज अनुसन्धानको क्रममा छन् तर अहिले सम्म यो भाइरस समुद्री खानाको माध्यम
(sea food), ओसारपसार र विशेष गरी सर्प र चमेराबाट सर्ने गरेको पाइएको छ ।
३) कसरी पशुपन्छी बाट मानिस र मानिस–मानिसमा सर्छ ?
वैज्ञानिकहरुको आधारमा यो भाइरस जब जङ्गली जनावरहरु मानिसको नजीक सम्पर्कमा आउँछन् त्यसवेला यो भाइरस आफ्नो रुप (strain) परिवर्तन गरि मानिसमा सर्ने गर्दछ । जसले गर्दा मानिसमा यसको लक्षण देखिन्छ र यस भाइरस मानिसको उपल्लो श्वासनलिमा (upper respiratony tract) मा बस्ने गर्दछ जसले गर्दा श्वासप्रश्वास सम्बन्धी लक्षण देखिने गर्छ र मानिस–मानिस विच एउटा विरामी मानिसको सम्पर्कमा आउने स्वास्थ्य मानिसमा सर्ने गर्छ । विरामीको श्वासप्रश्वासबाट भाइरसको किटाणु (respiratony droplets) स्वास्थ्य मानिसमा सर्दछ ।
४) यस भाइरस लागेपछिका लक्षण के–के हुन् ?
यो भाइरस संक्रमण भएपछि श्वासप्रश्वास सम्वन्धी समस्या देखिने गर्दछ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षण हुन ।
५) यस भाइरसको उपचार छ ?
भाइरसको कुनै औषधि हुदैन र भाइरसको संक्रमणबाट रोग नलागोस् भनेर विभिन्न रोग विरुद्ध हामि खोप लगाउने गर्दछौं । भाइरसले देखाउने लक्षणहरु रोकथामका लागि लक्षण अनुसार उपचार गरिन्छ । (symptomatic treatment) तर यो भाइरस नयाँ भएको हुनाले कुनै खोप छैन र यसको पनि लक्षण निर्मुलन गर्ने उपचार गरिन्छ ।
६) यो भाइरसबाट जोगिन के गर्नु पर्दछ ?
– लक्षण देखिने वित्तिकै डाक्टरको सल्लाहा लिने ।
अरुमानिसको सम्पर्कमा नजाने ।
– सभा–समारोहमा जाँदा ध्यान दिने । अथवा नजाने ।
– खोकि लाग्दा नाक र मुख छोप्ने र रुमालको प्रयोग गर्ने ।
– सावुन पानिले हात धुने ।
७) हाम्रो देश नेपालमा यस रोगको त्रास नफैलन के गर्न सकिन्छ ।
नेपालमा पनि यस भाइरसको संक्रमण भेटिए सँगै नेपाल सरकारले उक्त भाइरसको त्रास नफैलन विभिन्न पहल गरिरहेको छ । जस्तैः–
– स्थानीय प्रशासनको आफ्नो क्षेत्रका नाका, विशेष गरी चीन सँग सम्पर्कमा भएका जिल्लाहरुमा नेपाल प्रवेश गर्ने याात्रुको स्वास्थ्य जाँच गर्ने ।
– विमानस्थलमा विशेष निगरानी गरी विरामीहरुलाई विशेष कक्षमा (isolation room) राख्ने ।
– नमुना (sample) परिक्षणका लागि प्रयोगशालाको व्यवस्था गर्ने ।
– स्थानीय प्रशासनले जंगली जनावर र पशु बजारका क्षेत्रमा कडाइ गर्ने ।
(लेखक भेटनरी डाक्टर तथा शिक्षक हुन् )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->