आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङलाई शैक्षिक हब बनाउनुपर्नेमा सभामुख अधिकारीको जोड

बागलुङलाई शैक्षिक हब बनाउनुपर्नेमा सभामुख अधिकारीको जोड


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७६, बिहिबार

बागलुङ, १६ माघ- गण्डकी प्रदेशसभाका सभामुख नेत्र अधिकारीले बागलुङलाई शैक्षिक हब बनाउन सकिने बताएका छन् । धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ५७ औँ वार्षिकोत्सव मुलसमारोहलाई विहिवार सम्बोधन गर्दै सभामुख अधिकारीले शैक्षिक हिसाबले बागलुङमा धेरै विकास भइरहेको हुँदा अन्य ठाँउका विद्यार्थीलाई बागलुङमा ल्याउन सकिने र त्यसबाट शैशिक हब बन्न सक्ने बताए । शिक्षामा समय अनुसारको पाठ्यक्रम आवश्यक भएको वताउदै सभामुख अधिकारीले शिक्षा बिना विकास असम्भव भएकोमा जोड दिए । सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भएपनि यो प्रयाप्त नभएको उनको जोड थियो । परम्परागत शिक्षा पद्धतीलाई बदलेर जीवन उपयोगी शिक्षाको जरुरी रहेको हुँदा सरकारले आधुनिक, वैज्ञानिक र व्यवहारीक शिक्षा सम्बन्धी पाठ्यक्रम बनाउन जोड दिए। साविक धौलागिरी अञ्चलको पहिचानको रुपमा रहेको धौलागिरी क्याम्पसको विकासका लागि गण्डकी प्रदेश सरकारले आवश्यक सहयोग र पहल थाल्ने आश्वासन दिए ।कार्यक्रममा गण्डकी प्रदेशका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शिक्षालाई गुणस्तरीय बनाउन सबैभन्दा पहिले क्याम्पसको आर्थिक र भौतिक पक्ष सवल हुनु पर्ने बताए । धौलागिरी क्याम्पसलाई गण्डकी प्रदेशकै नमुना बनाउन सबैले हातेमालो गरेर जुट्नु पर्ने भन्दै क्याम्पसमा भएका समस्या समाधानको लागि आफू तत्पर रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेल, सह–प्रध्यापक दिनबहादुर थापा, कर्मचारी संघका अध्यक्ष शिव पाध्य, स्ववियू सभापति मनिष थापा, पूर्व स्ववियू सभापति हिरा केसी, नेपाल पत्रकार महासंघ बागलुङकी सहल्लाहकार कोपिला कँडेल, अनेरास्ववियूका सुरेश रेग्मी, नेवि संघका दिनेश पन्त, अखिल छैठौँका दिलिप बुढाथोकी लगायतले मनतव्य राखेका थिए । सो अवसरमा क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अवकास भएका प्राध्यपक तथा कर्मचारीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको अवसरका क्याम्पस प्रमुख डा.रामप्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्याम्पस प्रमुख राम्रसाद उपाध्यायको अध्यक्षता, विद्यार्थी कल्याण प्रमुख जोन बज्राचार्यको स्वागत र सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कँडेलको संचालनमा मुल समारोह सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->