शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिता

बागलुङमा राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिता


  • Dhorpatan News
  • माघ १६ २०७६, बिहिबार

बागलुङ, १६ माघ – सहिद दिवसको अवसर पारेर बागलुङ नगरपालिकाको आयोजनामा सदरमुकाम बागलुङ बजारमा बिहीबारदेखि राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले उद्घाटन गरे ।
प्रतियोगितामा देशभरका १० नगरपालिकाले सहभागिता जनाएका छन् । प्रतियोगितामा बागलुङ नगरपालिका (बागलुङ), कुश्मा नगरपालिका (पर्वत), गल्कोट नगरपालिका (बागलुङ), भीमाद नगरपालिका (तनहुँ), तुलसीपुर उपमहानगरपालिका (दाङ), चान्द्राडी नगरपालिका (उदयपुर), जैमिनी नगरपालिका (बागलुङ), बेनी नगरपालिका (म्याग्दी), ढोरपाटन नगरपालिका (बागलुङ) र पोखरा महानगरपालिका (कास्की) सहभागी छन् ।
नकआउट आधारमा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाबीच भएको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो । बागलुङले कुश्मालाई टाइब्रेकरमा ३–० गोल अन्तरले पराजित गरेको छ । जिल्ला फुटबल संघ बागलुङको समन्वयमा सञ्चालन भइरहेको प्रतियोगिता ०७४ सालमा प्रादेशिक रूपमा सुरु गरिएको थियो । यसपटक भने मेयर कप फुटबललाई राष्ट्रियस्तरको बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->