बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वस्थ्यको लागी भिटामिनको महत्व

स्वस्थ्यको लागी भिटामिनको महत्व


  • कृष्ण कुमार सैजु (BHMS)
  • माघ १८ २०७६, शनिबार

सामान्य भासामा भन्नुपर्दा कुपोषण भन्ने बित्तिकै पोषणको कमि भन्ने बुझिन्छ । आबश्यक सन्तुलित आहार लामो समयसम्म नपाउनाले हुने समस्या हो । मानिसको शरिरलाई चाहिने पोषणको कमि भएको अवस्था हो । शरिरलाई आवश्यक भएका पोषण तत्वहरुको अभावले शरीर कमजोर र दुब्लो पातलो हुने अवस्था लाई कुपोषण भनिन्छ, कुपोषणको सिकार भएको व्याक्ति शारीरिक र मानसिक दुबै रुपमै अस्वस्थ हुन्छ ।
पछिल्लो तथ्यांकको अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । मुख्यतयाः जब खानामा पर्याप्त मात्रामा पौष्टिक आहार प्राप्त हुँदैन, तब कुपोषणको समस्या देखिने गर्छ । यसरी कुपोषणको सिकार हुनेमा दुईबर्ष मुनिका बालबालिकाहरूको संख्या सबै भन्दा बढी देखिएको छ ।
बालबालिकाहरू कुपोषणको शिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक, मानशिक र बौद्धिकरूपमा रोगग्रस्त हुनु हो । विश्वकै विकराल समस्याको कारण मानिने कुपोषणको दीर्घकालीन समाधान नेपालका ग्रामीण भेगमा पाइने रैथाने अन्नबाली र गेडागुडी भएतापनि त्यतातिर कसैको ध्यान नजाँदा विपन्न हजारौँ बालबालिकाहरू कुपोषणका कारण मृत्युको शिकार भएका छन् ।
कस्तो हुन्छ त कुपोषणका लक्षण ?
पाचन तन्त्रको समस्या
हामी जे खान्छौ, त्यसैबाट हाम्रो पाचन तन्त्र निर्धारण हुन्छ । कमजोर पाचन तन्त्रका कारण कब्जियत, पेटफुल्ने, पखाला लगायतका समस्या निम्तने गर्छ । यी सबै समस्या भिटामिन बी ११ , बी ८, बी १२ , सी, डी, ई, के, आयरन, सेलेनियम । मैग्नेसियम, जिंक लगायतका स्वस्थ पोषण तत्वको कमिसँग सम्बन्धित हुनेगर्छ ।
छालाको समस्या
कयौं मानिस छाला सम्बन्धि समस्याबाट धैरै प्रभावित हुने गर्छन् । उनीहरुमा चाउरीपना, दण्डीफोर, दाग, लगायतका समस्या बढी हुनेगर्छ । यस्ता समस्या भएमा मानिसहरु छालाको डाक्टरकोमा जाने गर्छन् । जबकी भिटामिन ए, बी ३, सी, ई, बायोटिन, ओमेगा ३ फैट, कपर, सेलेनियम, जिंक लगायतको तत्वलाई खानामा सामेल गरेमा मात्र पनि यस्ता समस्याबाट स्वत छुटकारा पाउन सकिन्छ ।
कमजोर प्रतिरक्षा प्रणाली
मजबुत प्रतिरक्षा प्रणालीले विभिन्न बैक्टेरिया, भाइरसका कारण हुनसक्ने संक्रमणबाट शरीरलाई बचाउँछ । मजबुत प्रतिरक्षा प्रणालीले शरीरको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । तर जब शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, शरीरले विभिन्न रोगसँग लड्न सक्दैन, जसका कारण हामी बारम्बार विरामी हुने गर्छौ । यस हिसाबले कमजोर प्रतिरक्षा प्रणाली पनि पोषणसित सम्बन्धित हुने गर्छ । भिटामिन ए, सी,डी, ई, क्रोमियम, सेलेनियम, मैग्नेसियम , जिंक लगायतका आवश्यक पोषक तत्वको कमीका कारण यस्तो समस्या निम्तने गर्दछ ।
कमजोर कपाल
के तपाईको कपाल, रुखो तथा सुख्खा छ ? यस्ता समस्या सदैव धुलो, धुवा, प्रदुषण, गलत स्याम्पूको प्रयोगका कारण मात्र पनि नहुन सक्छ । शरीरमा आवश्यक पौष्टिक तत्वको कमीका कारण शरीर मात्र नभई कपाल समेत प्रभावित हुने गर्छ । पोषण तत्वकै कमीका कारण कपाल रुखो तथा कमजोर हुने गर्छ । र, झर्ने गर्छ । खानामा भिटामिन बी ५, बी ६, बी १२, बायोटिन , क्लोरिन लगायतको पोषक तत्वका कमीका कारण यस्ता समस्या हुने भएकोले यी खानेकुरालाई बेलैमा आफ्नो दैनिक खानेकुरामा समावेश गर्न जरुरी छ ।
कमजोर हड्डी
शरीरमा भिटामिन ए, भिटामिन सी, डी, क्रोमियम, कैल्सियम, मैग्नेसिय, जिंक, मोलिब्डेनम लगायतको आवश्यक पोषण तत्वको कमीका कारण हड्डी कमजोर हुने गर्छ । हड्डी कमजोर भएमा बालबालिकामा रिकेट्स हुन्छ भने वयष्कहरुमा ओस्टियोमेलेसिया हुने गर्छ । हड्डी कमजोर हुन नदिन, दूध, दही, लगायतका पोषण तत्वको सेवन गर्न जरुरी छ ।
लगातार ऐठन र खुट्टा बौडिनु
कयौं मानिसमा खुट्टा बौडिने, मांसपेशी फर्किने समस्या हुने गर्छ । यस्ता समस्या धेरैजसो शरीरमा पोषणतत्वको कमीका कारण हुने गर्छ । शरीरमा मैग्नेसियम, कैल्सियम, पोटासियम लगायतको पोषण तत्वको कमीका कारण यस्ता समस्या निम्तने गर्छ । यस्ता तत्वले मांसपेशीको विकास तथा शरीरीक विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यस्ता तत्वको कमीका कारण मांसपेशी फर्कने, तथा खुट्टा तथा पैताला बौडिने गर्छ ।
नङको समस्या
नङमा हुने समस्या पनि पोषण तत्वसित सम्बन्धित हुने गर्छ । विशेषगरी मैग्नेसियम नामक तत्वको कमीका रण नङ आपसे आप टुट्ने गर्छ । त्यस्तै, नङसेतो हुने, नङ्गमा दाग लाग्नु, नङ चिरा पर्नु, कमलो नङ, रुखो नङले पनि शरीरमा पोषक तत्व कमी भएको संकेत गर्छ । यसको पुर्तीका लागि जिंक, मैग्नेसियम लगायतका तत्वको सेवन आवश्यक छ ।
आँखा सम्बन्धि समस्या
कम उमेर चश्मा लगाउनु अहिले सामान्य भैसकेको छ । आँखाका लागि आवश्यक पोषकतत्वको कमीका कारण पनि यस्ता समस्या आउने गर्छ । आखा कमजोर हुनु, मोतियाविन्दु, आँखा सुन्निनुले पनि शरीरमा पोषण तत्व कमी भएको संकत गर्दछ । यी कमी पूरा गर्नकालागि क्रोमियम, जिंक, भिटामिन बी ६, बी १२ , ओमेगा ३ लगायतका तत्व आवश्यक छ ।
गिजाबाट रगत आउनु
गिजाबाट रगत आउनु सामान्य समस्या हो । तर यो समस्या ३५ वर्षको उमेर पछि पनि बढेमा भने विशेष सजग हुन आवश्यक छ । किनकी पोषण तत्वको कमीका कारण पनि गिजाबाट खून निस्कन सक्छ । यस्ता समस्या विशेषगरी, जिंजिभाइटिस, पायरिया, पेरियोडोटाइटिस, भिटामिन सी, क्यू १०, फोलिक एसिड, प्रोटिनको कमीका कारण हुने गर्छ ।
कसरी बच्ने त कुपोषण बाट ?
कुपोषणको कु–प्रभाव को मुख्या कारण भनौ या जड अशन्तुतिल भोजन नै हो । शन्तुलित भोजनको वा पौष्कटिक का कमीका कारण हुनसक्ने कुपोषणबाट बच्नको लागि खानामा पौष्टिक आहार समावेश गर्न जरुरी छ । विशेषगरी, बदाम, हरियो सागसब्जी, मेवा, सोयामिल्क, मसरुम, गेडागुडी, दाल, मटर, आलस, अन्न, ब्रोकाउनी, मासु, माछा, अण्डा, दूध तथा दूधबाट बनेका परिकार, टुसा उम्रेको (अंकुरीत) खानेकुरा , रङ्गीविरङ्गी फलफूल, लगायतमा भरपूरमात्रा पोषण तत्व पाइने हुदाँ यस्ता खानेकुरालाई दैनिक आहारमासमावेश गर्न जरुरी छ ।
भिटामिनको महत्व
हाम्रो शरीरको अन्तरदहन र प्रतिदहन कामको लागि नभई नहुने वस्तु हो । शरीरको वृद्धि, विकास तथा सामान्य स्वास्थ्यका लागिआवश्यक जैविक मिश्रण नै भिटामिन हो । भिटामिनले रोगबाट बच्न मद्दत गर्छ । यिनिहरु अत्यन्तै कम मात्रामा आवश्यक भएपनिशरीरलाई सक्षम कार्यसंचालन गर्न अति आवश्यक पर्छ । भिटामिनहरु मुख्य दुई भागमा बाँड्न सकिन्छ ।
१. पानीमा घोलिने भिटामिनहरु (water soluble vitamins)
यिनीहरु पानीमा घोलिन्छन् तर चिल्लोमा घोलिदैनन् । भिटामिन B Complex र भिटामिन C ।
२. चिल्लोमा घोलिने भिटामिनहरु (Fat soluble vitamins):

यी चिल्लो पदार्थमा मात्र घोलिने भिटामिन हुनर शरीरमा छ महिनासम्म स्टक रहन सक्छन । Vitamin A, D, E यो समूहमा पर्छन । पहिले–पहिले भिटामिनलाई अंग्रेजी वर्णमालाको अक्षरबाटA, B, C, D, E भनेर बोलाइन्थ्यो । आजकल हरेक भिटामिनको वैज्ञानिक नाम दिइएको छ ।
भिटामिन ‘ए’ (Vitamin A) Retinol
ि भिटामिन ‘ए’ आँखाको भाग रेटिनामा महत्वपूर्ण काम गर्ने हुनाले त्यसको नाम रेटिनोल राखिएको हो । यसले मधुरो प्रकाशलाई छर्लङ हेर्न मद्दत गर्दछ । भिटामिन ‘ए’ ले छालाको Epithelial cell, Respiratory activities / Skin cells पनि ठीक अवस्थामा राख्छ । यसले हाड कडा बनाउने काम पनि गर्दछ । भिटामिन ‘ए’ को कमी भएमा रतन्धो (Night blindness) जरोसिस (Xerosis) स्पट (bitots spots) केराटोमलेरिया (Keratomalacis) आदि हुन्छ । भिटामिन ‘ए’ माछाको तेल, माछा, नौनी, अण्डाको पहेंलो भाग, घिउ आदिमा पाइन्छ । क्यारोटिन गाजर, हरियो सागपात, आँप, फर्सी, पालुङोमा पाइन्छ ।
भिटामिन ‘डी’ (Vitamin D_ Calciferol The English Disease)
धेरै समयअघि बेलायतमा भिटामिन ‘डी’ को अभावमा रिकेट्स भन्ने रोग लागेको हुनाले यसलाई The English disease पनि भन्छन् । भिटामिन ‘डी’ को अर्को नाम क्याल्सिफेरोल calceferol हो । यो स्टेरोलहरुबाट पनि बन्दछ । भिटामिन ‘ए’ मा पाइने खाद्य स्रोतमा योभिटामिन पनि प्रायः पाइन्छ । भिटामिन ‘डी’ सेतो, गन्धहिन र स्वादबिहीन क्रिस्टल हो । यो चिल्लो पदार्थमा घोलिन सक्छ र ताप, अक्सिजन, अम्ल तथा क्षारले कुनै असर पार्न सक्दैन । यसमा कार्बन, हाइड्रोजन, अक्सिजनका अणु समागम भएका हुन्छन् । भिटामिन ‘डी’ को कामहरुः हाडको वृद्धि र क्याल्सियम र फोस्फरसले भिटामिन ‘डी’ नभई हाड बनाउन सक्दैनन् ।
भिटामिन ‘डी’ को कमीबाट हुने रोगः रिकेट्स (Rickets) हाड नरम हुने, खुट्टा बाउँडिने, जोर्नीहरु सुनिएको देखिने हुन्छ । रिकेट्स रोजरी (Richetic Rosary)ः छातिको करङको टुप्पोमा डल्लो जस्तो देखिन्छ । अष्ट्रियो मलेरिया (Osteo Malacia)ः यो वयस्कमा हुन्छ र हाड कमलो बन्छ । भिटामिन ‘डी’ को साथै क्याल्सियम र फस्फरस कम भएमा पनि यस्तो हुन्छ ।यी तीनै अवस्थामा हाडहरु दुख्ने, भ¥याङ उक्लन, ओर्लन नसक्ने तथा विरामी कमजोर हुने गर्छन् । यो थाहा हुनासाथ भिटामिन डी प्रशस्त मात्रामा खुवाएमा ४–८ हप्तामा निको हुन्छ । घाम लाग्ने देशमा त खास समस्या पर्दैन तर घाम कम लाग्ने मुलुकमा र सबै शरीर ढाक्नु पर्नेबाध्यता भएकोमा यो रोग बढी पाइन्छ । घाममा बस्दा शरीर खुला गरेर बस्नुपर्छ ।
भिटामिन ‘इ’ (Vitamin E, Tocopherol):
सन्तानोत्पतिका लागि आवश्यक भिटामिन ‘इ’ चिल्लोमा घोलिने, पहेंलो, तेलजस्तो झोल हो । शरीमा यसले भिटामिन ‘ए’ रक्यारेटिनलाई अक्सीकरण हुनबाट जोगाउँछ साथै रगतमा प्राणवायुसँग मिसिएर रातो रक्त कणिकालाई अन्य हानिकारक तत्वबाटजोगाउँदछ । घ्यू वा तेलको ठूला ठूला उद्योगमा यो भिटामिन घयू तेल जोगाउन प्रयोग गरिन्छ ।
भिटामिन ‘इ’ को कमी भएमाः
१) लोग्ने मानिस वा स्वास्नी मानिस सन्तान उत्पत्तिमा अवरोध हुनु ।
२) रातो रक्तकोष नष्ट हुँदै जानुः भविष्यमा प्रोटिन पनि कम हुँदै गएका कलेजोमा Necrosis हुनसक्छ ।
भिटामिन ‘इ’ के–केमा पाइन्छ ?
तेल, घ्यू, जनावरी खाद्यवस्तु, गहुँ र मकैको आँख्ला पेलेर निकालेको तेलमा यो पाइन्छ । यो शरीरमा ६ महिनासम्म सञ्चित हुन्छ । भिटामिन ‘के’ (Vitamin K) Nepthoquinone, Coagulation यो सामान्य पहेंलो तेल जस्तो, चिल्लो पदार्थमा घोलिने क्षार, अम्ल तथा अक्सीकरणबाट नष्ट हुने भिटामिन हो र रगत थाम्ने प्रक्रियामा प्रयोग गरिन्छ । प्रकृतिमा यो भिटामिन ‘के’ सागपातमा र vitamin K जीवाणुको प्रक्रियाबाट तयार गरिन्छ । कामहरुः भिटामिन ‘के’ रगत जमाउन र कलेजोको काम सुचारु रुपले सञ्चालन गर्नमा प्रयोग हुन्छ । भिटामिन ‘के’ को कमी हुनाको कारणः भोजनमा कम हुनु, राम्रोसँग पाचन क्रियाबाट शोषण गर्न नसक्नु, कलेजोको गडबडीले प्रोथीम्बिन बन्न नसक्नु ।
भिटामिन ‘के’ के–केमा पाइन्छ ?
भिटामिन ‘के’ पालुंगो, बन्दाकोभी, काउली तथा वनस्पति भोजनमा पाइन्छ । माछा, मासुमा पाइँदैन । भिटामिन ‘सी’ Ascorbic Acid, Scurvy सुन्तला, कागती, अमला आदि ताजा फलफूलमा पाइने भिटामिन हो । यो अति सुलभ र आवश्यक भिटामिन हो । यसको कमीभएमा दाँतबाट रगत बग्ने स्कर्भी (Scurvy) र छाला खस्रो हुने रोग (Dermatosos) हुन्छ ।
भिटामिन ‘सी’ का कार्यहरुः कोल्याजेन बनाउनु हाम्रा शरीरका अनेकौ. जीवकोषलाई एकै ठाँउमा मिलाएर राख्नु, एकै ढीक्का पारेर राख्नु धागाको जाली जस्तै कोल्याजेनको ठूलो महत्व हुन्छ र यो बनाउने काम कोल्याजेनले गर्दछ । भिटामिन ‘सी’ को कमीले दाँतको जरा हल्लिन्छन्, रगत बग्छ तथा लामा हाडहरु सुनिने पनि हुन्छ । लोह तत्वको शोषणमा मद्दत गर्नु । टाइरोसिन एमिनो एसिडमा प्रतिवद्र्धन गर्न काम गर्नु र घाउ निको पार्नमा सहयोग गर्दछ ।
भिटामिन ‘सी’ को कमी ः
१) स्कर्भी (Scurvy)ः बालकमा वृद्धि राम्रो नहुनु, हात र खुट्टा दुख्नु, लामो हाड सुनिनु, बच्चा सुस्त हुनु, गिजा सुनिनु, वयस्कमा गिजाबाटरगत बग्नु, दाँतको जरा कमजोर हुनु, हल्लिनु, दुख्ने हुन्छ । भिटामिन ‘सी’ बच्चालाई २५–३० मि.ग्रा. र ठूलोलाई ५०–६० मि.ग्रा. दिनुपर्छ । भिटामिन ‘सी’ शाकाहारी भोजनमा पाइन्छ । तर यो चाँडै नै नष्ट हुने हुनाले हामीले चाहिने भन्दा ३ दोब्बर खानुपर्छ । प्रेसर कुकरमा पकाउँदा भिटामिन ‘सी’ नष्ट हुन्छ । काटेर धेरै बेरसम्म राखेमा, तरकारी काटेर पखालेमा, पकाउँदा खेरीको पानी फालेमा भिटामिन ‘सी’ नष्ट हुन्छ । ताजा तरकारी र फलफूल खाएमा भिटामिन ‘सी’ बढी पाइन्छ ।
भिटामिन ‘बी’ कम्प्लेक्सः
यो पानीमा घोलिने भिटामिन भएको हुनाले शरीमा संचित रहँदैन । त्यसैले यसको दैनिक आपूर्ति हुन जरुरी हुन्छ । विभिन्न प्रकारका भिटामिन ‘बी’ का जातहरुलाई भिटामिन ‘बी’ कम्प्लेक्स भन्ने चलन छ । यिनीहरुको बनावटमा निकटतम सम्बन्ध छ । खास गरेर हामीले खाने खाद्य पदार्थको मेटाबोलिज्म प्रक्रियाको लागि यो महत्वपूर्ण हुन्छ ।
भिटामिन ‘बी १’ मा थायामिनः यो धेरैजसो सेतो फलेको चामल भन्दा नफलेको चामलमा पाइन्छ र यसको कमीबाट बेरी बेरी भन्ने रोगलाग्छ । यो प्रकृतिमा पाइने सबैजसो वनस्पतिहरुमा पाइन्छ । उसिनेको चामल र ढिकीमा कुटेको चामलमा बढी पाइन्छ । माछामासुमा केहीमात्रामा थायमिन पाइन्छ । थायमिन पानीमा घोलिन सक्ने, तातोबाट तत्काल नष्ट हुने भिटामिन भएकाले तरकारी, फलफूल काट्दा, पखाल्दा, पकाउँदाको पानी झिकेर फाल्नु हुँदैन । थायमिन कार्बोहाइडेट मेटाबोलिज्मको लागि आवश्यक हुन्छ तथा स्नायु प्रणालीको कार्य सञ्चालनमा समेत यसले राम्रो भूमिका खेल्छ । यसको कमीबाट सुख्खा बेरीबेरी, पानी भरिएको बेरीबेरी र इन्फेन्टाइलबेरीबेरी हुनसक्छ । बेरीबेरीमा सामान्य लक्षणमा हातखुट्टा झमझमाउने, लट्टिएका जस्ता हुने तथा हिड्न नसक्ने हुन्छ ।
भिटामिन बी २ः यो शरीरमा कार्बोहाइड्रेट, प्रोटिन र बोसोको भेटाबोलिज्म काममा इन्जाइमको काम गर्दछ । छाला र आँखा स्वस्थ राख्न, जनावर, वनस्पति सबैको वृद्धिको लागि तथा श्वासप्रश्वास क्रियामा पनि यो काम लाग्छ । यसको अभावमा जिभ्रोमा खटिरा आउनेमुखको दुवै कुनामा खटिरा आउने, कान र नाक वरिपरि कत्ला जम्ने, आँखा चिलाउने, भतभत पोल्ने, आँसु बगिरहने, अनुहारमा घाउ आउनेर आँखा रातो हुन्छ । यो दूध, कलेजो, माछा, मासु फुल आदिबाट प्राप्त हुन्छ ।
भिटामिन बी ६ः -Vitamin B6_ Pyridoxine
यो पानीमा घोलिने, प्रकाशबाट नष्ट हुने आवश्य भिटामिन हो । यो खास गरी मगजका स्नायुबाट सामान्य स्थितिमा राख्छ र एमिनोएसीड (प्रोटिन) को मेटाबोलिज्ममा कोइन्जाइमको काम गर्दछ । यसको कमीबाट स्नायु कमजोर हुन्छ र बच्चाहरु रुन्चे स्वभावका हुन्छन् । बच्चाहरुलाई मूर्छा पर्ने रोग पनि हुनसक्छ । वयस्कमा मुखमा, दाँतको जरा, गिजामा घाउ आउनु, निद्रा नपर्नु, झम्म पर्नु, चर्म रोग आदिपनि हुन्छ । सामान्यतयाः १–२० एमजि दैनिक पर्याप्त हुने हुँदा धेरै नै कमी नभइकन यो रोगका लक्षण देखा पर्दैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->