बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीको खोप्रा लेकमा अलपत्र परेका पर्यटकको उद्धार

म्याग्दीको खोप्रा लेकमा अलपत्र परेका पर्यटकको उद्धार

२०७२ बैशाखमा घोडेपानी देखि खोप्रा जाने क्रममा हराएका एक जना मलेसियन पर्यटक अझै भेटिएका छैनन् ।


  • साजन नेपाली
  • माघ १८ २०७६, शनिबार

म्याग्दी, १८ माघ – जिल्लाको खोप्रा लेक घुम्न जाने क्रममा अलपत्र परेका ४ स्वदेशी पर्यटकको उद्धार गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शीखमा पर्ने घोडेपानी हुँदै खोप्रा लेक घुम्न जाने क्रममा बाटो विराएर अलपत्र परेका ४ जनालाई शनिवार प्रहरीले उद्धार गरेको हो । सर्लाहीका अंकित शाह ,दोलखाका संजित लामा , अभिषेक महतो र धनगडीका सुमन भट्टलाई उद्धार गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञान नाथ ढकालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी ढकाल सहित प्रहरी प्रमुख प्रहरी नयाव उपरीक्षक किरण जंङ्ग कुवर, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकास कुमार माझी समेतको संयुक्त टोलीले सिम्रिक यएरको हेलिकप्टर मार्फत उनीहरुको उद्धार गरेको हो ।उनीहरु सवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान खोप्रा लेकमा खाना खाएर नारच्याङ तर्फ हिडेका उनीहरु बाटो बिराएपछि जंगलको खोचमा हराएका थिए । उनीहरुसँग मोवाइलमा सम्पर्क भएपनि शनिवारमात्र पत्ता लगाएको प्रहरी नयाव उपरीक्षक किरण जंङ्ग कुवरले जानकारी दिए । घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएपनि सकुशल उद्धार गर्न सफल भएको उनले बताए । खोप्रा क्षेत्रमा जंगल र भिर छ । मानवबस्ति देखि टाढा छ । २०७२ बैशाखमा घोडेपानी देखि खोप्रा जाने क्रममा हराएका एक जना मलेसियन पर्यटक अझै भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->