मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्यटकको रोजाईमा पर्वतको ‘महभीर क्यानोनिङ’

पर्यटकको रोजाईमा पर्वतको ‘महभीर क्यानोनिङ’

गण्डकी प्रदेशकै अग्लो १ सय १५ मिटरको उचाईमा रहेको महभीरमा निर्माण भएको क्यानोनिङले पर्यटकहरूको ध्यान तानेको छ ।


  • संजय रेग्मी
  • माघ १९ २०७६, आइतबार

पर्वत,१९ माघ – पर्वत जिल्लामा रहेका पर्यटकीय गन्तब्यहरुको एउटा रोजाई कुश्मा नगरपालिका-३ दुर्लुङको चनौटेमा रहेका तीन ओटा छहराहरु बनेका छन् । छांगारोहण र रक क्लाइम्बीङ सहितको सहासिक खेलका लागि चनौटोमा रहेका तीन ओटा छहराहरुमा निर्माण गरिएका क्यानोनिङ पर्यटकहरुका लागि जिल्लाका राम्रा गन्तब्यहरुमा परेका हुन् ।
गण्डकी प्रदेशकै अग्लो १ सय १५ मिटरको उचाईमा रहेको महभीरमा निर्माण भएको क्यानोनिङले आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत ध्यान तानेको छ । गण्डकी प्रदेशका कास्कीको ल्वाङ, बिरेठाँटी त्यस्तै स्याङ्जा लगायतका ठाउँमा रहेकामध्ये दुर्लुङमा रहेको क्यानोनिङ सबैभन्दा अग्लो हो । कुस्मा नगरपालिकाको अम्बोटदेखि क्यानोनिङ भएको चनौटे हुँदै कास्की, म्याग्दी र पर्वतकै विभिन्न ठाउँहरूमा पुग्ने गरी पदमार्गको विकास भएको छ भने सदरमुकाम कुस्माबाट सवारीमार्पmत आधा घण्टाको समयमा क्यानोनिङमा पुग्न सकिन्छ ।
साहसिक खेलमा रमाउनेहरूका लागि दुर्लुङको क्यानोनिङ धेरैको रोजाइमा पर्ने छांगारोहण निर्माणका अभियन्ता गोलमान गुरुङले बताए। ‘अरू ठाउँका क्यानोनिङमा एउटा मात्रै हुने गरेको छ । तर दुर्लुङमा प्रकृतिले नै उपहार दिएको छ ।’ उनले भने, ‘एकै ठाउँमा तीन ओटा फरक फरक उचाइका क्यानोनिङ छन् । सानो वा ठुलो जुनमा इच्छा लाग्छ आप्mनो साहस अनुसार चढ्न सकिन्छ ।’ क्यानोनिङमा सिङ्गल र डबल आरोहण गर्ने गरी व्यवस्था मिलाइएका कारण पनि धेरैको रोजाइमा पर्दै जान थालेको हो ।
क्यानोनिङको छेवैमा रहेको २३ मिटर अग्लो रक क्लाईम्बीङ ९डोरीमा झुन्डिएर चट्टानमा चढ्ने० रहेका कारण पनि दुर्लुङ पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्ने वडाध्यक्ष तेजप्रसाद पाध्या बताउँछन् । ‘हामीले आप्mनै ठाउँको महत्व चिनेका छैनौँ भनौँ वा यी चिजहरू प्रचारमा आएका छैनन् भनौँ ।’ उनले भने, ‘साहसिक प्रयास गर्नेहरूका लागि यहाँको रक क्लाईम्बीङ र क्यानोनिङ उत्कृष्ट गन्तव्य हुन् ।’
हालै मात्रै सफल परीक्षण भएको कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो बन्जी जम्पमा आउने साहसिक पर्यटकहरूको लागि पनि दुर्लुङमा रहेका क्यानोनिङ र रक क्लाईम्बीङ थप आकर्षणका बस्तु रहने अभियन्ता गुरुङले बताए । पर्यटकीय गन्तव्यहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई फरक फरक दररेट कायम गरिएका भए पनि दुर्लुङमा रहेको होमस्टे, क्यानोनिङ, केभिङ, रक क्लाईम्बीङमा भने दुई थरी मूल्य कायम गरिएको छैन् । झन्डै २६ वर्षसम्म बेलायत र हङकङमा बसेपछि जन्म गाउँ बनाउने अभियान बोकेर गाउँ फर्किएका अभियन्ता गुरुङले विदेशी पर्यटकहरूको मनोभावना अनुसार नै एकै खालको दररेट कायम गरिएको बताए । ‘मैले विदेशमा रहँदा नेपाल घुमेर स्वदेश फर्किएकाहरूसँग सोध्दा दुई थरी रेट गर्ने रहेछन् भनेर दुखेसो पोखेका थिए, उनीहरूले आपूmहरूलाई हेला गरिएको जस्तो, लुट्न खोजिएको जस्तो अनुभव गरेको बताएका थिए ।’ उनले भने, ‘यही कारण स्वदेशी र विदेशी सबै पर्यटकहरूलाई एकै खालको मूल्य कायम गरिएको छ ।’
क्यानोनिङमा अहिलेसम्म झन्डै ३० लाख रुपैयाँ लगानी भएको छ भने त्यो सबै पैसा अभियन्ता गुरुङले नै खर्च गरेका छन् । निर्माणको सबै काम सकेपछि गाउँमा रहेका कुल ५६ घरलाई नै सेयर सदस्य बनाएर गाउँलेहरूलाई पनि यसमा सहभागी बनाएर बसाईँसराईँ रोक्ने लक्ष्य रहेको गुरुङको भनाई छ । होमस्टे निर्माण सहित चलाएको यो अभियानपछि गाउँबाट बसाइँ सरेर जाने क्रम पनि क्रमशः रोकिँदै गएको स्थानीय शिक्षक इन्द्रप्रसाद शर्माले बताए ।
दुर्लुङको क्यानोनिङ झन्डै एक वर्ष अगाडिदेखि सञ्चालनमा आएको हो । एक वर्ष अगाडिबाट नै क्लाईम्बीङ सुरु भएको भए पनि अहिलेसम्म पनि औपचारिक उद्घाटन भने भएको छैन । तर पनि यो अवधिमा झन्डै ६० जनाले छांगारोहण गरिसकेका छन् । क्यानोनिङ गर्नको लागि चहानेहरुले ३ देखि ४ हजार रुपैयाँ तिरेर साहसिक खेलको मज्जा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->