शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रदेश स्तरीय भलिवलको उपाधि गलकोटलाई

प्रदेश स्तरीय भलिवलको उपाधि गलकोटलाई


  • Dhorpatan News
  • माघ २० २०७६, सोमबार

पर्वत,२० माघ – पर्वत महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ ।गलकोट नगरपालिकाको तर्फबाट युनाईटेड स्र्पोर्टस क्लव, र बागलुङकै जैमिनि नगरपालिकाको तर्फवाट हिल साईड निर्माण सेवाबीच भएको फाईनल प्रतिस्पर्धामा ३–१ को सेटमा गलकोटले उपाधि हात पारेको हो ।
गलकोटले पहिलो र दोस्रो सेट लगातार २५–१९ र २५–१७ को अन्तरले जितेको थियो भने तेस्रो सेट जैमिनिले २५–१९को अन्तरमा गलकोटलाई पराजित गरेको थियो ।
तेस्रो सेट जैमिनीले जितेपछि आक्रामक बनेको गलकोटले पुनः चौथो सेटमा २५–१७ को अन्तरमा पछि पारेसँगै गलकोट उपाधि जित्न सफल भएको हो । उपाधि विजेता गलकोटले १ लाख ४४ हजार ४ सय ४४ रुपैया शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको जैमिनिको हिल साईड निर्माण सेवाले ७७ हजार ७ सय ७७ रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा महाशीला गाउँपालिका र मोदी गाउँपालिकाले सान्त्वना स्थान हात पारेका छन् । दुवै समुहलाई २२ हजार २ सय २२ रुपैयाका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->