बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

१५ महिने बालिकाको छतबाट खसेर मृत्यु

१५ महिने बालिकाको छतबाट खसेर मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७६, सोमबार

बागलुङ, २० माघ – घरको छत बाट खसेर बागलुङ नगरपालिका-१ रामरेखामा एक वालिकाको मृत्यु भएको छ। जिल्लाको काठेखोला गाउँपालिका-८ लेखानी घर भई रामरेखा आफन्त सिता बिकको घरमा आएकी बिमला बिकको १५ महिनाकी छोरी दिपसिना बिकको आइतबार दिउँसो एक तला घरको छतमाथि खेलिरहेको बेला सोही छतबाट भुईमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । छतबाट खसेर घाइते वालिकाको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएपनि अस्पतालले गए राती नै मृत घोषाण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->