बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

देशको शिक्षा प्रणालीमा परिवर्तन आबश्यक: अध्यक्ष तिमिल्सिना

देशको शिक्षा प्रणालीमा परिवर्तन आबश्यक: अध्यक्ष तिमिल्सिना

गुप्तेश्वर बाहुमुखी क्याम्पस कुस्माको २८ औँ वार्षिकोत्सव तथा २६ औँ साधारण सभाको उद्घाटन


  • संजय रेग्मी/ढोरपाटन
  • माघ २५ २०७६, शनिबार

पर्वत, २५ माघ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान शिक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै यसमा परिवर्तन गरिनुपर्ने बताएका छन् । गृह जिल्ला पर्वत सदरमुकाम कुस्मामा रहेको गुप्तेश्वर बाहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६ औँ साधारण सभाको उद्घाटन गर्दै उनले वर्तमान शिक्षा प्रणालीबाट आएका विद्यार्थीहरूले विदेश गएर भाँडा माभ्mने काम पाएको भन्दै दुःख व्यक्त गरे । स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका युवाहरूले देशमा जागिर नपाउँदा विदेशमा भाँडा माभ्mनु परिरहेकोले अब यस्तो अवस्थाको अन्त्य गरिनुपर्ने उनको भनाई छ ।
‘नेपालमा स्नातक र स्नातकोत्तर पास गरेका युवाहरू लाखौँको सङ्ख्यामा बर्सेनी विदेश छिरिरहेका छन्, देशमा रोजगारीको अवसर पाएका छैनन् ।’ उनले भने, ‘अब पनि यही अवस्था रहे समृद्धि कसरी सम्भव छ ? युवाहरूलाई स्वदेशमै रोजगार बनाउन सक्नुपर्ने आजको आवश्यकता हो । अब प्रणालीमा परिवर्तन गरिनुपर्छ, प्राविधिक शिक्षा प्रदायकहरूको अभाव भएको छ ।’ मुलुकले आर्थिक समृद्धि हासिल गर्नका लागि पनि स्वरोजगार मूलक शिक्षा मेरुदण्ड भएको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।
पछिल्लो पुस्ताका युवा युवतीहरूले शिक्षक तथा कर्मचारी बनेर मात्रै काम गर्ने चाहना राखिरहेका कारण पनि बेरोजगारीको समस्या बढी भएको देखिएको उनको भनाई छ । ३० वर्ष अगाडिसम्म पढेलेखेका युवाहरूले रोजगारी पाउन कठिन नभएको स्मरण गर्दै तिमिल्सिनाले अहिले शिक्षक र कर्मचारी बन्न खोजेर सबै रोजगार बन्न नसकिने धारणा राखे । अरूले दिएको जागिर गरेर जीवन चलाउँछु भन्दा पनि आपैmले उद्यम गरेर स्वरोजगार बन्दै अरूलाई पनि रोजगार दिन्छु भन्ने सोच अबको पुस्तामा हुनुपर्ने र यसका लागि व्यावसायिक शिक्षाको आवश्यकता रहेको उनले बताए। क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूका बिचमा मित्रवत प्रतिस्पर्धा हुनु जायज भएपनि क्याम्पस सञ्चालकहरूले राजनीति गर्दा यस्ता संस्थाहरू धारसायी बन्दै गएको भन्दै अध्यक्ष तिमिल्सिनाले त्यसप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
गृह जिल्ला पर्वतको विकास र निर्माणको सन्दर्भमा आप्mना कुरा राख्दै तिमिल्सिनाले जिल्लाका ७ पालिकाका ६२ ओटै स्थानीय तह जोड्ने सडकहरूलाई आप्mनै पालमा कालोपत्रे गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सदरमुकाम कुस्मा बजारलाई कटुवाचौपारीसँग जोड्न झाप्रेबगर र बलेवासँग जोड्न कल्लेरीमा मोटरेबल पुल बन्न लागेको जानकारी दिँदै उनले सडकको सहज पहुँच भएपछि कुस्मा बजारलाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले नेपालका शैक्षिक संस्थाहरूबाट राजनीतिको अन्त्य नभएसम्म शैक्षिक विकास हुन कठिन हुने भएकोले शैक्षिक संस्थाहरूलाई राजनीतिबाट टाढै राख्नुपर्ने बताए । शैक्षिक संस्थामा बसेर राजनीति गर्ने र शैक्षिक संस्थालाई पूर्वाग्रह राखेर हेर्ने दुवै अतिवादीहरू भएको भन्दै नेता जोशीले राजनीति भन्दा माथि राखे मात्रै शैक्षिक संस्थाको विकास र उन्नति सम्भव रहेको उल्लेख गरे । उक्त अवसरमा क्याम्पसका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी सहित पूर्व अध्यक्षहरूलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान गर्नुका साथै विभिन्न प्रतियोगिताहरूमा विजयी बनेका प्रतिस्पर्धी विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->