आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जनयुद्ध दिवसमा ताराखोला गाउँपालिकाले दियो सार्वजानिक विदा

जनयुद्ध दिवसमा ताराखोला गाउँपालिकाले दियो सार्वजानिक विदा


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७६, बुधबार

बागलुङ, २९ माघ – जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजानिक विदा दिने निर्णय गरेको छ । माघ २७ गतेको कार्यापालिकाको निर्णय अनुसार ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा फागनु १ गते सार्वजानिक विदा दिने निर्णय गरेको गाउपालिकाले जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत उदित थापाले बुधवार सूचना प्रकाशित गरी फागुन १ गते सार्वजनिक विदा घोषणा गरिएको जनाएका छन।
‘फागुन १ गते ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा यस ताराखोला गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालयहरु तथा सार्वजनिक विद्यालयहरु बन्द रहने कुरा सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ । तत्कालिन नेकपा माओवादीको आधारभुमी मानिएको ताराखोला क्षेत्रमा १० वर्षे जनयुद्धको समयमा स्थानीय २३ जनाको मृत्यु भएको थियो भने अहिले पनि २ जना वेपत्ता छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->