पोखरा,५ फागुन – पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय एक दिवसीय यु–१६ लिग क्रिकेटमा नवलपुरले आफ्नो पहिलो खेलमा सानदार जित हात पारेको छ ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको एक दिवसीय लिगको आफ्नो पहिलो खेलमा नवलपुर ५ विकेटले विजयी भएको हो । ८५ रनको लक्ष्य पछ्याएको नवलपुरले १९.५ ओभरमा ५ विकेट गुमाउदैँ आफ्नो लक्ष्य पूरा गरेको हो ।
राउन्ड रोविन आधारमा खेलाइएको लिगअन्तर्गतको आफ्नो पहिलो खेलमा नवलपुरले बागलुङ्लाई ५ विकेटले हराएको हो भने बागलुङको यो दोस्रो हार हो । जितसँगै नवलपुरले २ अंक जोडेको छ । भने चार खेल खेलेको वागलुङले २ खेलमा जित र २ खेलमा हार व्यहोरर्दै ४ अंक जोडेको छ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागलुङको सुरुवात राम्रो हुन सकेन । वागलुङले २४ ओभरमा ८४ रन बनाउदै सबै विकेट गुमायो । बागलुङको लागि अनिल आचार्यले २५ रन र सचिनराज अधिकारिले २२ रनको योगदान दिए । त्यो बाहेक अन्य व्याटस्म्यानले रन बनाउन सकेनन् ।
नवलपुरका स्विकार श्रेष्ठको आक्रमक बलिङको सामु वागलुङ निरिह देखियो । श्रेष्ठले सर्वाधिक ५ विकेट लिए । उनले ७ ओभरमा २ मेडेन राख्दै १६ रन खर्चदैँ ५ विकेट लिए । अबिशान्त नेउरेले ३ विकेट लिए भने सहिल ढकाल र सरद तिवारीले समान १–१ विकेट लिए ।
८५ रनको लक्ष्य पछ्याएको नवलपुरले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो । नवलपुरको लागि गौरव विकले १९ रनको योगदान दिए । त्यस्तै सुशिल क्षेत्रीले १८ रन बनाए भने प्रबिन भुजेलले १० रन जोड्दै टिमलाई जित दिलाएका हुन् । वागलुङको लागि सिमोन पौडेलले ३ विकेट लिए भने सुबास भन्डारिले २ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच नवलपुरका स्विकर श्रेष्ठ घोषित भए । राउन्डरोविन लिगमा नवलपुरको पहिलो जित हो भने वागलुङको दोस्रो हार हो ।
यस्तै २ खेल खेलेको आयोजक कास्की ए २ खेलमा नै जित निकाल्दै ४ अंक जोड्न सफल भएको छ । भने १ खेल खेलेको कास्की वि हार व्यहोरदै अंकविहिन रहेको छ । त्यस्तै २ खेल खेलेको स्याङ्जा २ खेलमा नै हार व्यहोरदै अंक विहिन रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका पाँच टिमको सहभागी रहेको छ । लिग अन्तरगत सोमबार नवलपुर र स्याङ्जा विच खेल हुने प्रतियोगिता संयोजक चन्द्र (जिम्मी) ले जानकारी दिए ।





