आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अमर आदर्शको १७ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस जारी

अमर आदर्शको १७ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस जारी


  • Dhorpatan News
  • फाल्गुन ५ २०७६, सोमबार

बागलुङ,५ फागुन – बागलुङ बजार स्थित अमर आदर्श आवसीय माविले १७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन शुरु गरेको छ ।बिद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न खेलकुद, सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम सहित मनाउन शुरु गरेको हो । बार्षिकोत्वसको दोस्रो दिन अन्तर बिद्यालय बास्केटवल, टिटि र भलिवल सहित बिभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । ८ समुहको सहभागीता रहेको अन्तर बिद्यालय बास्केटवल प्रतियोगितामा अटल अधिकारीको समुह प्रथम र बिरेन्द्र थापाको समुह द्धितीय भएका छन् ।
त्यसैगरि १६ समुहको सहभागीता रहेको टिटि प्रतियोगितामा कमन थापाको समुह प्रथम भएको छ भने ७ टिमको सहभागीता रहेको भलिवलमा निशान भण्डारीको समुह प्रथम र हिमाल परियारको समुह द्धितीय भएका छन् ।
यस्तै आइतवार नै चेस, घैटौफोर, बेलुन फुटाई, सियो धागो लगाएतका प्रतियोगिता सम्पन्न भएको बिद्यालयका भ्वाइस प्रिन्सीपल कमल पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->