आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सरकारलाई विस्थापित गर्ने को हो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कमल थापा

सरकारलाई विस्थापित गर्ने को हो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कमल थापा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७६, सोमबार

पोखरा,५ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अस्थिरताको संकेत देखिन थालेको जिकिर गरेका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा गएर, आफ्नो जिल्लाका मतदाताका अगाडि बढो निरिहतापूर्वक सरकार गिराउने,अस्थिर बनाउने षड्यन्त्रहरु भइरहको दुखेसो पोखेको उल्लेख गर्दै उनले यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने बताए । ‘आफ्नै गृहजिल्लामा आफ्नै मतदाताका सामु गएर झण्डै दुई तिहाई बहुमत प्राप्त भएको प्रधानमन्त्री सरकार परिवर्तन र राजनीतिक अस्थिरताको संकेत गरिराख्नु भएको छ । दुई वर्ष पुग्दा नपुग्दै सरकार संकटमा पर्न लागेको देखिन्छ । प्रधानमन्त्रीकै शब्दमा भन्ने हो भने यो सरकार विस्थापित गर्नको निम्ति देशीविदेशी शक्ति लागिरहेका छन्’, सोमबार पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पत्रकारहरुको संगठन मिडिय नेपालको केन्द्रीय समिति बैठक समापन कार्यक्रममा भने, ‘प्रधानमन्त्रीले सरकारलाई विस्थापित गर्न कुन देशीविदेशी शक्ति क्रियाशिल रहेका छन्, त्यो प्रधानमन्त्रीले जनातालाई साथमा लिएर भन्नुपर्छ ।’
उनले सरकारले परिवर्तनको महशुस हुनेगरी काम गर्न नसकेको जिकिर पनि गरे । राजनीतिक अस्तिरताको तितो अनुभवलाई आत्मसाथ गरेर नेपाली जनताले नेकपालाई बहुमत दिएपनी नेकपा नेतृत्वको सरकारले जनाताले आश गरेको परिवर्तनको बाटोमा अघि बढन नसकेको उनको आरोप थियो । करिब दुई तिहाइको सरकार बन्दा पनि शान्ति र विकास हुन नसकेको उनले बताए ।
पछिल्लो समयमा भ्रष्टाचार इतिहासमै डरलाग्दो रुपमा मौलाएको उनको आरोप थियो । ‘लोकतन्त्रको आवरणमा स्वच्छदको ढंगबात ब्रमलुट भएको छ’, उनले थपे । भ्रष्टाचार ,बेरोजगारी समस्या ,धर्म परिवर्तन ,बाह्य शक्तिको दबाब र प्रभाव बर्तमान समयका महत्त्वपूर्ण चुनौती भएको अध्यक्ष थापाको भनाइ छ । चुनौतीलाई सरकारले सामना गर्न सक्नुपर्ने उनको भनाई थियो । पूर्वाधारमा केही सुधार गरेको भए पनि देशको अर्थतन्त्र कमजोर बन्दै गएको उनले जिकिर गरे । अर्थतन्त्रको ठूलो हिस्सा रेमिटान्समा निर्भर रहेकाले नेपालको अर्थतन्त्र अनिश्चित रहेको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन जरुरी रहेको थापाले बताए । उद्योग र व्यबसायको विकास गरि रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान नसकेको उनको आरोप छ ।
२०६२÷०६३ को परिवर्तन पछि सरकारको नेतृत्व गर्ने कांग्रेस र कम्युनिस्टले अबलम्बन गरेको मार्गचित्र र अवधारणाले देशको विकास नहुने उनको दावी थियो । राजतन्त्र आवश्यक रहेको तर्क गर्दै उनले भने,‘परिवर्तनकारी अवधारणा र परम्परागत धार्मिक ,सामाजिक परम्परागतको मिश्रणबाट मात्र देशको विकास हुन्छ ।’ उक्त मध्यमार्गी बाटोमा आफ्नो पार्टी अघि बढेको उनको दावी थियो । ‘हामी पुरानो व्यवस्थामा फर्कन खोजेको होइन तर परिवर्तनको नाम मा परम्परा र संस्थालाइ नष्ट गर्नु हुदैन ।’
गत निर्वाचनमा निराशाजनको मत प्राप्त गरे पनि आगामी निर्वाचनमा शक्तिशाली दलको रुपमा स्थापित हुने उनले दावी गरे । जनताले विकल्प खोजेको र सहि विकल्प आफुहरु भएको थापाले जिकिर गरे ।
नेपालको सञ्चार जगतले प्रजातन्त्रको स्थापना र मुलुकको समुन्नति तथा आर्थिक विकासमा सशक्त आवाज उठाएको बताउदै अध्यक्ष थापाले लोकतन्त्रलाई सुदृढ तुल्याउनसमेत सञ्चार क्षेत्रको भूमिकालाई स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढ्नु पर्नेमा जोड दिए । नेपालको सञ्चारजगत्ले हाल व्यापारिक, राजनीतिक र बाह्य दबाब तथा प्रभावमा पर्ने गरेको उनले बताए । नेपालका ठूला संचारमाध्यम आर्थिक प्रलोभनमा परेर आफ्नो दायित्व विर्सन थालेको उनको दावी थियो ।
यसैबीच मिडिया नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षमा सूर्य बास्तोला चयन भएका छन । केन्द्रीय समिति बैठकले बास्तोलाको अध्यक्षतामा सात सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा श्याम खवास, कृष्ण केसी, सचिव विष्णु पौडेल, सहसचिव दयाराम गहतराज र कोषाध्यक्ष बद्री गौतम र सदस्यमा गुरु दाहाल चयन भएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->