स्याङ्जा, ७ फागुन – भैसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका दुई बस्ने २४ वर्षीय अजमत अलि र सेही ठाउँ बस्ने २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।
ग १ ज ५८४१ नम्वरको जिपमा भैसी र पाडी लिएर बयरघारी तर्फ जादै गर्दा प्रहरीले संका लागेर सोधपुछ गर्ने क्रममा भैसी किनेको ठाउँ खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
फागुन तीन गते राती भीरकोट नगरपालिका एक का तेजबहादुर केसीको दुई वर्षको पाडी र फागुन चार गते राती भीरकोट दुईकी जमुना केसीको सात वर्षको लहिनो भैसी गोठबाटै चोरी भएको थियो । पिडित किसानले गोठबाटै भैसी हराएको उजुरी दिएपछि खोजतलास थालेको प्रहरीले अलि द्वोयलाई जिप सहित पक्राउ गरेको थियो ।
तेजबहादुर केसी र जमुना केसी लाई सोही स्थानमा बोलाई भैसी र पाडी देखाउदा पिडित किसानले भैसी र पाडी आफुहरुको बताएपछि जिप सहित प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताउनु भयो । चोरी कार्यमा संलग्नलाई जिल्ला अदालमा म्याद थपी अनुसन्धान थालेको प्रहरीले बताएको छ ।
यो घटना संगै दुई तीन वर्ष देखि बयेरघारी क्षेत्रमा भैसी चोरीको घट्ना हुदै आएको खुलेको चोरीको घट्नामा अन्य व्याक्तिहरु पनि संलग्न छन् छैनन् भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक घिमिरेले बताए ।
भैसी चोरी गर्ने व्याक्तिलाई कडा भन्दा कडा कारवाही गर्नु भने भन्दै भीरकोट नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए ।





