आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

न्यू एभेरेष्ट एकेडेमीको १४ औँ बार्षिकोत्सव सुरु

न्यू एभेरेष्ट एकेडेमीको १४ औँ बार्षिकोत्सव सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७६, बिहिबार

बागलुङ,८ फागुन – न्यू एभेरेष्ट एकेडेमी बागलुङको १४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा अमर आदर्श, कालिका कन्या मावि, न्यू ओयसिस र यूएस एकेडेमी विजयी भएका छन् । विजयी अमरले बहिरा आवासिय मावि, कालिका कन्या माविले गुराँस शिक्षा सदन, न्यू ओयसिसले गरिमा आवासिय मावि र यूएसले फ्युचर ब्राईटर आवासिय माविलाई पराजित गरेका हुन् । बागलुङका विभिन्न १४ वटा विद्यालयका १५ समुहले प्रतियोगितामा सहभागीता जनाएका छन् ।

यसैगरी, कोरोना आवासिय मावि र न्यू एभरेष्ट एकेडेमी ‘बि’ बीच भएको प्रतिष्पर्धामा कोराना आवासिय मावि बिजयी भएको छ । यस्तै चिल्डे«न लाईफ आवासिय मावि र कालिगण्डकी आवासिय माविबीच भएको खेलमा चिल्ड्रेन लाईफ आवासिय मावि बिजयी भएको छ । सिद्धार्थ शिक्षा सदन र विद्यामन्दिर माध्यामिक विद्यालयबीच भएको प्रतिष्पर्धामा सिद्धार्थ शिक्षा सदन एवं न्यू एभरेष्ट समुह ‘क’ र ‘ख’ सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार हुने समिफाईनल खेलमा कालिका कन्या मन्दिर मावि÷अमर आदर्श बिच पहिलो खेल हुनेछ । यस्तै सेमिफाईनल खेल न्यू ओयसिस÷न्यू एभेरेष्ट, सिद्धार्थ शिक्षा सदन÷कोरोना आवासिय मावि बिच प्रतिष्पर्धा हुनेछ ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत तथा नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले शिक्षालाई व्यवहारिक बनाउका लागि खेल क्षेत्र महत्वपुर्ण बिषय रहेको बताउनुभयो । उहाले खेलबाट व्यक्ति, समाज र राष्ट्रको विकास हुने भएकाले ग्रामिण भेगमा लुकेका प्रतिभाको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रम विद्यालयका पिन्सिपल कृष्ण अधिकारीको अध्यक्षता तथा स्वागत एवं शिक्षक माधव प्रसाद चपाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->