बागलुङ, ८ फागुन– अमरआदर्श आबासीय माबि बागलुङको १७ औं बार्षिकोत्सव बिहिवार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाले गुणस्तरीय शिक्षा बिना देशको सामाजिक, आर्थिक बिकास समेत संभव नभएको बताईन् । उनले शैक्षिक क्षेत्रमा अनुशासन कायम गर्न सकेमा अहिलेका बालबालिकाले आफ्नो उमेरमा पुगेपछि राज्यलाई पनि योगदान गर्न सक्ने बताईन् ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाईका शाखा अधिकृत कृष्णराज रेग्मीले बालबालिकाले रमाएर सिक्ने अवसर दिनुपर्ने बताए । नीजि वा सामुदायिक बिद्यालय जुन भएपनि बालबालिकाको मनोभावना अनुसार पढाउने वातावरण नभएसम्म गुणस्तरीय शिक्षाको अभियान पुरा नहुने बताए । उनले देशका कर्णधार निर्माणमा बिद्यालयले बालमैत्री वातावरण समेत दिनुपर्ने बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजयराज पन्तको अध्यक्षता, शिषक कमल पन्तको संचालनमा सम्पन्न कार्यक्रममा प्रहरी उपरिक्षक नवराज भट्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, पूर्व प्रअ सुभास पन्त, एनप्याब्सनका अध्यक्ष बालकृष्ण शर्मा लगायतले बोलेका थिए । वार्षिकोत्सवको अवसरमा गतबर्षको एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी तथा कक्षागत रुपमा उत्कृष्ठ भएका बिद्यार्थीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । साथै बालबालिकाले बिभिन्न स्थानमा पुगेर उत्कृष्ठ खेल र प्रतिभा देखाएकालाई पुरस्कृत गरियो । बालबालिकाले अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न गीत संगीत र नृत्य पनि प्रस्तुत गरेका थिए ।





