आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

न्यू एभरेष्टको १४ औं बार्षिकोत्सव सम्पन्न

न्यू एभरेष्टको १४ औं बार्षिकोत्सव सम्पन्न


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७६, सोमबार

बागलुङ, ११ फागुन – न्यू एभरेष्ट एकेडेमी बागलुङको १४ औं बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरेर समापन भएको छ । तीन दिनदेखि संचालित बार्षिकोत्सव समारोह आइतवार मुल समारोहमा परिणत भएको थियो । मुलसमारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिक्षाको गुणस्तर बिकासमा सबैले ध्यान दिनुपर्ने बताए । उनले सामुदायिक र निजी बिद्यालयले गरेको योगदानबाट नगर साक्षर बनेको भन्दै देश बिकास गर्ने कर्णधार उत्पादनमा गरिएको लगानी खेर नजाने समेत बताए । स्थानीय तहले शिक्षा क्षेत्र सुधार गर्दै लैजाने अभियानका लागि काम थालेको भन्दै आवस्यक नीतिहरु संशोधन गरेर भएपनि बालबालिकाको सुरक्षित भबिष्यका लागि शिक्षा दिने योजना ल्याएको समेत उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले शिक्षा क्षेत्रमा गरिएको लगानीले हजारौं बालबालिकाको भविष्य उज्वल बनेको भन्दै निजी र सामुदायिक बिद्यालयहरुले देशको गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रकारको शिक्षा दिनुपर्ने बताए । शिक्षा बिकास तथा समन्वय ईकाईका शाखा अधिकृत कृष्णराज रेग्मीले शिक्षामा गुणस्तर सुधार अहिलेको आबस्यकता भएको बताए । उनले बालबालिकालाई घोक्ने र एकोहोरो रटाईबाट भन्दा व्यवहारिक शिक्षा दिन सकेमा भविष्यमा राम्रो प्रतिफल पाउन सकिने समेत बताए ।

बार्षिकोत्सवमा प्रिन्सिपल कृष्ण अधिकारीले बिद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, सहायक प्रिन्सिपल प्रवेश मुखिया र बिद्यार्थी पूजा सापकोटाको स्वागत र शिक्षक माधव चापागाईको संचालनमा सम्पन्न कार्यक्रममा मनोबैज्ञानिक प्रशिक्षक रमेश पराजुलीले डेढ घण्टा लामो प्रशिक्षण सहित मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै प्रहरी उपरिक्षक नवराज भट्ट, खेलकुँद बिकास समितिका निर्वतमान अध्यक्ष धनबहादुर परियार, अभिभावक तथा सचालक थानेश्वर सुवेदी, एन प्याब्सनका जिल्ला अध्यक्ष नेत्र न्यौपाने र केन्द्रीय सदसय बालकृष्ण शर्मा, बागलुङ नगर कार्यपालिका सदस्य लक्ष्मी बोहोरा लगायतले बोलेका थिए ।

बिद्यालयमा संचालित अतिरिक्त क्रियाकलापका बिजयी बिद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण पनि गरिएको थियो । उक्त अबसरमा बिद्यालयका २०६६ सालका बिद्यार्थी डा. मनिस केसी लाई सम्मान गरिएको थियो । त्यस्तै गत एसईई परीषाका उत्कृष्ठ बिद्यार्थीहरु सुजन गौतम, शिल्पा बोहोरा र रोहिणी बोहोरा तथा उत्कृष्ठ शिक्षक कल्पना क्षेत्री र कर्मचारी गंगाबहादुर खत्री सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->