आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काँडेवासमा मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ कार्यक्रम सुरु

काँडेवासमा मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ कार्यक्रम सुरु


  • सरिता खत्री
  • फाल्गुन १२ २०७६, सोमबार

गलकोट,१२ फागुन – गण्डकी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ तथा विरकोट नमुना कृषि सहकारी संस्था गलकोट नगरपालिका वडा नं ८ काँडेवासको आज एक कार्यक्रमका बिच को उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य चन्द्रबहादुर बु्ढा सागरले स्थानिय उत्पादनलाई पोत्साहन गर्न गण्डकी प्रदेश सरकारले कृषिको क्षेत्रमा लगानी गरेको बताए।
उनले समृद्धि र विकासको लागि तिनै तहको सरकारले विभिन्न क्षेत्रमा बजेट प्रवाह गरेको भन्दै विनियोजित बजेटलाई सहि ढङगले सदुपयोग गर्नुपर्ने बताए । बुढाले गलकोट नगरपालिका वडा नं ८ को काँडेवास विरकोट गाँउ कला सँस्कृतिको हिसाबले समेत अगाडि रहेकाले उक्त गाँउलाई नमुना कृषि गाँउ मात्र नभई गाँउमा होम स्टे सञ्चालन गरि त्यहाँको कला सँस्कृतिलाई पर्वद्धन गरि पर्यटक भित्राउन सकिने बताए ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले कृषि क्षेत्रलाई समृद्ध र आत्मनिर्भर बनाउनको लागि कृषकहरुको सक्रिय सहभागिता हुनुपर्ने बताइन । काउचाले कृषकलाई निवार्हमुखि खेतीप्रणालीलाई नमुना कृषिको रुपमा रुपान्तरण गर्नको लागि गलकोट नगरपालिकाले कृषिका क्षेत्रमा विभिन्न खालका कार्यक्रम सञ्चालन गरेको भन्दै कृषि व्यवसायलाई पव्रद्र्धन गर्न गलकोट नगरपालिकाले हातेमालो गर्ने तत्पर रहेको उनको भनाई थियो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नं ८ काँडेवासका अध्यक्ष रामप्रसाद कडेल, समाजसेवी रेशम बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने उदेश्य सहित सञ्चालन गरिएको मुख्यमन्त्री वातारणमैत्री कृषि नमुना गाँउको लागि गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका ६ वटा पालिकाहरुमा उक्त कार्यक्रम सञ्चालन गरिसकेको छ । यस वर्ष प्रदेश सरकारले मुख्यमन्त्री वातारण मैत्री कृषि नमुना गाँउको लागि गलकोट नगरपालिकाको वडा नं ८ काँडेवास विरकोटमा २५ लाख बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटबाट विरकोट गाँउमा यस वर्ष भकारो सुधार, प्लाष्टिक टनेल, बाख्राको खोर निर्माण लगायतका कार्य सञ्चालन गरि विरकोट गाँउलाई कृषिमा नमुना गाँउ बनाइने विरकोट नमुना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मन बहादुर दलार्मीले बताए। गाँउमा किसानको छरिएर रहेको पुजीलाई एकत्रित गरि कृषकलाई व्यवसायमुखी र आत्मनिर्भर बनाउनको लागि नै लगानी गर्ने गरि ४० जना शेयर सदस्य रहेको विरकोट नमुना कृषि सहकारी संस्था लिमिटेडको समेत स्थापना गरिएको अध्यक्ष दलार्मीले बताए ।
कार्यक्रममा कृषि प्राविधिक तिलक नकालले कार्यक्रमको औचित्यमाथि प्रस्ट पारेका थिए । कार्यक्रम विरकोट नमुना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मन बहादुर दलार्मीको अध्यक्षता सचिव कृष्ण बहादुर बुढाथोकीको स्वागत र पदम सलामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->