आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अमृत आदर्शमा ट्राफिक सचेतना

अमृत आदर्शमा ट्राफिक सचेतना


  • Dhorpatan News
  • फाल्गुन १२ २०७६, सोमबार

बागलुङ,१२ फागुन – जिल्ला ट्राफिक कार्यालय बागलुङले बागलुङ नगरपालिका ३ स्थित अमृत आदर्श माध्यमिक बिद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बढ्दो सहरीकरण र सवारी साधनको चापले हुन सक्ने सम्भावित दुर्घटना बाट बच्नका लागि बिद्यालयमा अध्यनरत बिद्यार्थी तथा शिक्षकका बिचमा सचेतनामुलक कार्यक्रम गरेको हो ।
बिद्यालयको कक्षा ११ र १२ मा अध्यन गर्ने ७५ जना बिद्यार्थी र शिक्षकहरुलाई २ पटक गरि ट्राफिक नियम सम्वन्धी जानकारी गराइएको र पर्चा पम्प्लेट पनि बितरण गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए ।
कार्यक्रममा ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिन्हहरु, सडक रेखाहरु, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षित तरिका लगायत सवारी नियम कानुन सम्बन्धी भिडियो सहित प्रशिक्षण गरिएको पाठकले बताए ।
त्यसैगरि पाठकले बिना लाईसेन्स तथा बिना बिलबुक सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी हाक्ने, चालक युनिफमको प्रयोग नगर्ने, चर्को ध्वनी प्रदुषण तथा बढि स्पीडमा सवारी चलाउने, मोटरसाईकल तथा स्कुटर चलाउदा हेलमेट प्रयोग नगर्नेलाई कानुन बमोजिम कारबाही गरिने कुराको जानकारी गराएका थिए।
उनले दुर्घटना न्युनिकरणका लागि बिद्यार्थीको भुमिका महत्वपुर्ण हुने हुँदा ट्राफिक र बिद्यार्थी बिचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । ट्राफिक प्रहरी प्रमुख पाठकले बढ्दो सवारी चापले गर्दा हुने दुर्घटनाबाट बच्नका लागि ट्राफिक नियमको पुर्ण पालना गर्नु आग्रह गरे।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->