आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रुखले किचेर दुइ घटनामा दुइको मृत्यु

रुखले किचेर दुइ घटनामा दुइको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७६, मंगलबार

बागलुङ, १३ फागुन –  सामुदायिक वनमा पुगेर घर बनाउनका लागि रुख ढाल्ने क्रममा सोही रुखले किचेर यहाँका एकजनाको मृत्यु भएको छ ।बागलुङ नगरपालिका वडा नं. ७ तितौरेका ४६ बर्षका रत्नबहादुर कार्कीको मृत्यु भएको हो । मंगलवार दिउसो उनी तितौरे सामुदायिक वनमा रुद ढाल्न गएका थिए । उनीसँगै रुख ढाल्न गएका अर्का एकजना घाईते छन् । रुखले किचेपछि गम्भिर घाईते भएका कार्कीलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको अस्पताल ल्याइपु¥उँदा दिउसो साँढे ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरिक्षक हेमबहादुर केसीले जानकारी दिए ।कार्कीसगै रुख ढाल्न गएका ४२ बर्षिय पदम कार्की घाईते भएका छन् । उनको हात र खुट्टामा चोट लागेकोले उपचार भैरहेको छ । अस्पताल श्रोतका अनुसार उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
यसैबीच पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङका सुरज परियारको पनि मंगलवारै रुखले किचेर मृत्यु भएको छ । घरछेउमै रुख ढाल्ने क्रममा सोही रुखले परियारलाई किचेको थियो । उनको पनि मंगलवार दिउसै उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको थियो । अस्पताले उनको पनि मृत्यु भएको घोषणा गरेको थियो । परिवारका अनुसार परियारले रुख ढाल्ने क्रममा चलेको हावाका कारण बिपरित दिशामा ढल्न पुगेको थियो । सुरक्षित बन्न खोज्दाखोज्दै उनलाई रुखले किचेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->