बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङ कालिका मन्दिरलाई सहयोग

बागलुङ कालिका मन्दिरलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७६, मंगलबार

बागलुङ,१३ फागुन – बागलुङ कालिका भगवति मन्दिरको लागि यहाँको एक परिवारले आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका –२ निवासी विविन्द्र कुमार श्रेष्ठको परिवारले कालिका भगवति मन्दिरमा भेटी स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको हो । मंगलबार परिवार सहित बागलुङ कालिका मन्दिर पुगेर उक्त परिवारले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्कालाई रकम हस्तान्त्रण गरेका थिए । कालिका भगवती मन्दिरको व्यवस्थापनमा सहयोग गर्ने भन्दै उक्त रकम सहयोग गरेको श्रेष्ठले बताए । श्रेष्ठ परिवारले सहयोग गरेको रकमलाई उनिहरुको इच्छा अनुसारकै काममा खर्च गरिने गुठि व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । विविन्द्र कुमार श्रेष्ठका भाई जयन्द्र कुमार श्रेष्ठले कालिका मन्दिरमा आउने जेष्ठ नागरिक, असक्त, अपांङ्ग आदीलाई प्रवेशद्धार देखि मन्दिरसम्म जान आउन सहयोग पुगोस भन्दै दुई थान ह्विल चियर मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तर गरेका छन् । मुख्य प्रवेशद्धार देखि मन्दिरसम्मको करिव ६ सय ५० मिटिरबाटो अपाङ्ग मैत्रि रहेको छ । सो बाटोमा हिड्न गाह्रो हुने भक्तजनको लागि प्रवेशद्धारबाट ह्विल चियर निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->