काठमाडौं, १४ फागुन – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।मन्त्रिपरिषद्मार्फत राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि वामदेव प्रधानमन्त्री हुने सर्तमा मात्र आफु राष्ट्रियसभा जाने बताउँदै आएका थिए ।





