आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपा गण्डकी प्रदेश बैठक: १३ सदस्यीय सचिवालय गठन

नेकपा गण्डकी प्रदेश बैठक: १३ सदस्यीय सचिवालय गठन

कास्कीमा पुरानो पार्टी कायमै !


  • श्याम राना मगर
  • फाल्गुन १५ २०७६, बिहिबार

पोखरा, १५ फागुन –  नेकपाको गण्डकी प्रदेशस्तरीय बैठक टुंगिएको छ । पोखराको सभागृहमा २ दिनसम्म चलेको बैठकले १३ सदस्यीय सचिवालय कमिटी गठन गरिएको छ ।
प्रदेश कमिटीका अध्यक्ष र सचिव सहित ११ जिल्लाका अध्यक्षहरुसहितको १३ सदस्यीय सचिवालय कमिटी गठन गरिएको नेकपा कास्कीका सह-इन्चार्ज श्रीनाथ बरालले जानकारी दिए । अध्यक्षमा हितराज पाण्डै र सचिवमा गोविन्द नेपाली यसअघि नै चयन भएका थिए ।
यस्तै, बैठकमा कार्यालयदेखि अरु कार्य विभाजन पछिगर्नेगरि बैठक टुंगिएको उनले बताए । सदस्यहरुले राखेका २० प्रस्तावलाई छलफल गरेर बैठकले पास गरेको उनले जानकारी दिए । मंगलबार बैठकमा प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले प्रस्तुत गरेको प्रतिवेदन माथि १२ वटा ग्रुप विभाजन गरेर छलफल पनि चलाइएको थियो । छलफलबाट उठेका प्रश्नमाथि पाण्डेले सवालजवाफ गरेका थिए ।
पार्टीको संगठन विस्तारमा केन्द्रित प्रदेश कमिटी बैठकले केन्द्रिय कमिटीले निर्देशन दिएको ३ महिने अभियान सफल पार्न र संगठन बिस्तारमा केन्द्रित रहेको अध्यक्ष पाण्डेले जानकारी दिए । बैठकले गरेको निर्णयअनुसार प्रदेशका ११ जिल्लाका सदरमुकाममा एकैचोटी सरसफाई अभियानको कार्यक्रम लिएर पुग्ने उनले जानकारी दिए ।
कास्कीमा पुरानो पार्टी कायमै !
तत्कालीन माओवादी केन्द्र र एमाले केन्द्रबीच एकता प्रक्रिया अघि बढाएको दुईवर्ष बितिसक्यो । अहिले दुबै पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) मा समेटिएका छन् । पार्टीका शीर्ष नेताहरु कार्यकर्ताहरुको अन्तरघुलन भइसकेको भन्नद पनि पछि पर्दैनन् । तर, व्यवहारमा भने त्यस्तो छैन । एक त, पार्टीभित्रैको गुट मिलाउने सकस, अर्कोतर्फ फरक विचारबाट आएका कार्यकर्ताको व्यवस्थापनको चुनौति । केन्द्रदेखि तल्लो तहसम्मको यो समस्या सुल्झिएको छैन । यसले गर्दा एकता प्रक्रिया अघिबढेको दुईवर्ष बित्दा पनि पार्टी एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।
अर्कोतर्फ,ठूलो पार्टीमा पनि नेताहरु शक्ति संघर्षमै लिप्त छन् । एकताका कामहरु फटाफट सकेर पार्टीका अरु गतिविधिमा सक्रिय रुपमा लाग्ने बताउँदै आएको नेकपा कास्की पनि यही समस्यामा छ । एकताप्रक्रियाको २१ महिनापछि नेकपा कास्कीले ६०÷४० को भागबण्डाअनुसार शक्ति बाँडफाँड गरेको छ । जसअनुसार मादी र अन्नपूर्ण गाउँपालिका पूर्वमाओवादीको भागमा छ । यस्तै रुपा र माछापुछ्रे पूर्वएमालेको भागमा छ ।
महानगरमा पनि ६०÷४० अनुसार नै भागबण्डा लगाइएको छ । जसअनुसार तत्कालीन माओवादीको ५४ सदस्य रहनेछन् भने एमालेको ७१ जना रहेछन् । पूर्वमाओवादीको तर्फबाट अन्नपूर्ण गाउँपालिकामा धर्मबहादुर गुरुङ अध्यक्षको लागि सिफारिस भइसकेका छन् । यस्तै, माछापुच्छ«ेमाछ बैकुण्ठ भण्डारी सचिवका लागि, मादीमा कृष्णराज दाहाल अध्यक्षको लागि र रुपामा नवराज भण्डारी सचिवका लागि प्रदेश कमिटीमा सिफारिस भइसकेका छन् ।
यता, पूर्व एमालेके तर्फबाट भने नाम सिफारिस भएकै छैन । स्रोतका अनुसार पूर्व एमालेबीच नेतृत्वमा को जाने भन्नेबारेमा हानथाप रहेको छ ।यद्यपि, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जिल्लाबाट प्रदेश कमिटीलाई अध्यक्ष र सचिवको नाम सिफारिस भइसकेको बताए । १३ र १४ गते सभागृहमा बसेको प्रदेश कमिटी बैठकबाट एकता प्रक्रियालाई पूर्णता दिने बताइए पनि यो विषयले प्रवेश पाएन । पोखरा नगर कमिटीमा दीपक पौडेल अध्यक्ष र सचिवमा विश्वप्रकाश लामिछानेलाई केन्द्रले नै जिम्मा दिए पनि सदस्य चयन भएको छैन । गाउँपालिकाको अवस्था पनि उस्तै छ ।
‘हाम्रो (पूर्वएमाले भित्र धेरै सक्रिय र क्षमतावान नेताहरु हुनुहुन्छ, उहाँहरुको व्यवस्थापन र आकांक्षा एकठाउँमा होला तर, कमिटी पूर्णताबारे हाम्रोमा छलफल हुनै पाएको छैन’, एक पूर्वएमाले नेताले ढोरपाटनसँग टेलिफोनमा भने,‘ उहाँहरु (पूर्वमाओवादी केन्द्र) लाई व्यवस्थापन सजिलो होला र बैठक पनि छिटो बस्यो होला, हाम्रोमा पनि अब छिट्टै मिल्छ ।’ पार्टी एकताले पूर्णता नपाउँदा नेताहरु कामविहीन भएको उनले स्वीकारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->