आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

धार्मिक पर्यटक भित्राउन धान्यान्चल महामहोत्सव

धार्मिक पर्यटक भित्राउन धान्यान्चल महामहोत्सव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७६, बिहिबार

बागलुङ, १५ फागुन – पर्यटकीय गन्तव्यको रुपमा बिकास हुँदै गएको कुडुले स्थित रंगबिंकटेश्वर मुक्तिनारायण मन्दिर तथा शालीग्राम संग्राहलयमा ‘बिष्णुयाग धनधान्यान्चल महामहोत्सव’ आयोजना गरिने भएको छ । आगामी बैशाख १० गतेदेखि १९ गते सम्म महायज्ञ गर्न लागिएको हो । यहाँ १४ करोड लगानी गरेर बिभिन्न संरचना निर्माण गरिएको छ । ती संरचनासहित निर्मित ठूलो मन्दिरमा प्रणप्रतिष्ठा समेत गरिनेछ । त्यसका लागि महामहोत्वमा सबै कर्तालाई पूजापाठ गर्ने अबसर दिइने बताइएको छ ।

बुधवार पत्रकार सम्मेलन गरेर संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले धान्यान्चल अब रकम संकलनका लागि मात्र नभइ्र्र पर्यटक भित्राउने योजनाको रुपमा पनि संचालन गरिने बताए । उनले अन्य महोत्सवमा कलाकारको जमघट भएझै महामहोत्सवमा धार्मिक गुरु र नेपाल र भारतको महात्माहरुको सहभागिता रहने बताए । झण्डै २ सय महात्मालाई ल्याएर बसाल्ने, खाने तथा आउने जाने व्यवस्थापन समेत आयोजकले गर्ने बताइएको छ ।

अघिल्ला बर्ष फागुनमा पञ्चकोटमा महायज्ञ गरेर रकम संकलन गरिएको थियो । तर यो महोत्सवमा रकम संकलन नगर्ने उनले प्रष्टाए । ‘बरु रकम र अन्य सहयोग गर्नेलाई सम्मान गर्ने महामहोत्सवको रुपमा बिकास गरिएको हो’ उनले भने, ‘पुरानो मन्दिरमा रहेका मुर्र्तिहरु सार्ने र नयाँ मन्दिरको प्रचार गरिनेछ ।’ बैसाख १२ देखि १८ गते सम्म प्राणप्रतिष्ठा गर्ने देखि दर्शन खुला गराउने सम्मका काम हुनेछन् । मन्दिरका लागि ९ फिटको गजुर तयार भएको छ । उक्त गजुरमा सुन लगाउन बाँकी छ । त्यसपछि महामेलाकै रुपमा स्थापित गरिने बताइएको छ ।

श्रीधराचार्यको आश्रम स्थल भएकोले यहाँ निर्मित संग्राहलयलाई पनि श्रीधराचार्य शालग्राम संग्राहलय भनिएको छ । यो संग्राहलयमा सवालाख शालीग्राम संग्रह गरिएको छ । भारतीय पर्यटकले शालीग्रामलाई महत्व दिने भएकोले मुक्तिनाथ आउनेलाई यहाँ ल्याउन सकिने समेत विश्वास गरिएको छ । यो महामहोत्सवमा २ करोड खर्च हुने अनुमान समेत छ । नेपाल सरकारका विभिन्न तह र निकायबाट गरी यो क्षेत्रको बिकासमा ३ करोड खर्च भएको छ । ती मध्ये धेरै रकम यहाँ स्थित मुक्तिनाथ बेद विद्याश्रमको भवन, शौचालय जस्ता संरचना निर्माणमा खर्च भएको हो । बाँकी झण्डै ११ करोड रुपैयाँ स्थानीय बासिन्दाले दिएको दान मुठी र चन्दाले संकलन भएको समेत प्रपन्नाचार्यले बताए ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले धार्मिक र अन्य पर्यटक भित्राउन पत्रकारिता मार्फत प्रचार प्रसारमा सबैले साथ दिने बताए । ‘हामीले पाहुना ल्याउँदा पनि कता घुमाउने, के देखाउने भन्ने थियो, अब केही मिनेटमै महत्वपूर्ण गन्तव्य देखाउन सकिने भयो’ शिरिषले भने, ‘शालीग्रामको संग्राहलय भएकोले धेरैको चासोको बिषय पनि बनेको छ ।’

भूमिगत रुपमा सुरुङमा राखिएकोले यो संग्राहलयको महत्व अझै बढेको उनले बताए । केही महिनाअघि यो संग्राहलय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । यहाँ बागलुङ बजारका व्यवसायी देखि बिभिन्न स्थानमा बसोबास गर्ने दानबिर र बिदेशीहरुले समेत सहयोग गरेका छन् । कतिपयले सामाग्री तथा कतिपयले श्रमदान गरेर योगदान दिएको स्थानीय हरिप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->