आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निर्माण व्यवसायी हमालद्धारा पत्रकार भवनका लागि ५५ हजार सहयोग

निर्माण व्यवसायी हमालद्धारा पत्रकार भवनका लागि ५५ हजार सहयोग


  • Dhorpatan News
  • फाल्गुन १५ २०७६, बिहिबार

बागलुङ, १५ फागुन – नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पर्वतका निर्माण व्यवसायी विप्लव हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । महासंघ भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा हमालले उक्त सहयोग प्रदान गर्नुभएको हो । उक्त रकम हमालले एक कार्यक्रमका बीच पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरे ।

रोटरी क्लब अफ बागलुङले पर्वत नयाँ पुलमा अघिल्लो बर्ष आयोजना गरेको बनभोज कार्यक्रममा महासंघ टिमसँग उक्त सहयोग प्रदान गर्ने उद्घोष गरेका थियो । आँफुले पनि केही बर्ष पत्रकारितामा काम गरेको हिसावले यस क्षेत्रका समस्या, चुनौति र भुमिकाका बारेमा राम्रो बोध भएकाले पत्रकार महासंघको संस्थागत विकासका लागि सहयोग प्रदान गरेको निर्माण व्यवसायी हमालले बताए । २०७३ सालदेखि निर्माण शुरु गरिएको पत्रकार महासंघ भवन निर्माण कार्य अहिले अन्तिम चरणमा छ । अब पत्रकार महासंघ स्मारक, सभाहल व्यवस्थापन र सहयोगदाताहरुको नामावली शिलालेखमा लेख्ने कार्य बाँकी छ । त्रकार महासंघ भवनका लागि अहिले सम्म बिभिन्न संघ संस्था सहित ३ सय बढीले स्वतस्फुर्त सहयोग प्रदान गरेको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->