बागलुङ, १८ फागुन – बागलुङ उद्योग बाणिज्य संघले महासंघको आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघको आगामी चैतमा हुने केन्द्रीय महाधिवेसनमा ढकाल बरिष्ठ उपाध्यक्ष पदको उमेदवार छन् । उनले आफ्नो प्यानल समेत घोषणा गरिसकेका छन् ।
बागलुङ जिल्ला निवासी नेपालका चर्चित ब्यबसायी ढकाललाई संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष पदमा समर्थन गर्ने निर्णय गरेको महासचिव नरेश कंडेलले बताए । यस अघि बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा आएका ढकालले उमेदवारी घोषणा गरेका थिए । उक्त समयमा पनि ढकालको उमेदवारीमा संघले प्रस्तावकको भूमिका खेलेको थियो । पुस १० गते बागलुङ उद्योग बाणिज्य सघंले आयोजना गरेको बागलुङ महोत्वमा व्यवसायी ढकाललाई बरिष्ठ उपाध्यक्षमा उमेदवार बनाउने घोषणा गरेको थियो । महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष भैसकेको व्यक्ति अनिवार्य अध्यक्ष हुने प्रावधान छ ।
उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यको लागि बागलुङका व्यवसायी निमार्णकुमार श्रेष्ठलाई उमेदवारी बनाउने समेत बैठकले निर्णय गरेको छ । त्यसैगरि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको लागि बागलुङ उद्योग बाणिज्य सघंका निर्वतमान अध्यक्ष जयराम भारीलाई उमेदवार बनाउने निर्णय समेत गरेको छ । बागलुङ उद्योग बाणिज्य सघंको ५६ औ साधारण सभा फागुन २० गते मंगलबार गर्ने निर्णय बैठकले गरेको छ । साधारण सभाको नेपाल उद्योग बाणिज्य महासघंका उपाध्यक्ष ढकालले उदघाटन गर्ने भएका छन । २०२० सालमा स्थापना भएको बागलुङ उद्योग बाणिज्य संघमा १सय ५३ जना आजिवन सदस्य १ हजार १० जना साधारण सदस्यगरि कुल १ हजार ६३ जना सदस्यले यसपटकको साधारणसभामा भागलिने छन ।





