मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विकास निर्माणका काममा अध्यक्ष तिमिल्सिनाको चासो

विकास निर्माणका काममा अध्यक्ष तिमिल्सिनाको चासो


  • संजय रेग्मी
  • फाल्गुन १८ २०७६, आइतबार

पर्वत,१८ फागुन – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गृह जिल्ला पर्वतमा भइरहेका विकास निर्माणका काम तथा तिनीहरुको प्रगतिको बिषयमा चासो व्यक्त गरेका छन् । उनले जिल्लामा संचालनमा रहेका बिभिन्न आयोजनाहरुको कामको अवस्था र प्रगतिको बिषयमा सोधपुछ गर्दै समयमै कामहरु सक्नको लागि सबै राजनीतिक दलहरुलाई आह्वान समेत गरेका छन् ।

विकासका कामहरुलाई तोकिएको गुणस्तर कायम गरेर सक्नका लागि राजनीतिक लडाईँलाई परै राखेर सबै राजनीतिक दलका व्यक्तिहरूले ‘वाच डग’ को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह कार्यक्रमको समापन समारोहमा सहभागी हुन गृह जिल्ला आएका उनले बाटोमा पर्ने सडक आयोजनाहरूको निरीक्षण गर्दै यस्तो बताएका हुन् ।

विकास निर्माणका कामहरू सबै राजनीतिक दलका साझा काम भएका कारण भौतिक निर्माण बलियोलाई बनाएर समयमै सक्नको लागि सबै राजनीतिक दलहरूले चासो दिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई छ । ‘यहाँ भइरहेका विकास निर्माणका काममा बजेटको अभाव छैन, तर कामलाई गुणस्तरीय बनाएर समयमै सक्नुपर्छ ।’ उनले भने, ‘विकास निर्माण सबै राजनीतिक दलहरूका साझा मुद्दा हुन् । यसमा कसैले पनि बेवास्ता गर्नु हुँदैन, सबै दलका साथीहरूले वाच डगको भूमिका निभाउनुपर्छ ।’

जिल्लामा सञ्चालनमा रहेका आयोजनाहरूलाई गुणस्तरीय रूपमा सक्नका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनको लागि आपूmले आफ्नो ठाउँबाट आवश्यक पहल गरिरहने भन्दै उनले जिल्लामा रहेका विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको काम भनेको आयोजनालाई गुणस्तरीय बनाएर समयमै सकाउनु रहेको बताए ।

जिल्लाको विकासको लागि अहिलेको समय सुनौलो बेला रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले पर्वतका नागरिकले अनुभूति गर्ने गरी विकासका कामहरू भइरहेको र जिल्लाले कोल्टो फेर्ने उल्लेख गरे। ‘यहाँ सडकको मात्र कुरा होइन, शिक्षा, स्वास्थ्य, प्रविधि लगायतका क्षेत्रको विकास र प्रगतिको काम पनि तीव्र रूपमा भइरहेको छ ।’ उनले भने, ‘पर्वतका नागरिकले अनुभूति गर्ने गरेर नै कामहरू भइरहेका छन् । जिल्लाले अब कोल्टो फेर्दै छ । त्यो पनि सबै क्षेत्रमा ।’

अध्यक्ष तिमिल्सिनाले ठुलिपोखरी–खौला–कार्किनेटा सडक लगायतका आयोजनाको निरीक्षण गरेका थिए । त्यस अवसरमा उनले आयोजनाहरूको पछिल्लो प्रगतिको विषयमा स्थानीय नागरिक तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग पनि सोधपुछ गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->