बागलुङ, १८ फागुन – विश्व हिन्दु महासंघ जैमिनी नगर स्तरीय भेला शनिवार कुश्मीशेरा बजारमा सम्पन्न भएको छ । भेलालले टंक सापकोटा अध्यक्ष रहेको विश्व हिन्दु महासंघ जैमिनी नगर समिति गठन गरेको छ । २९ जना सदस्य रहेको समितिको उपाध्यक्षमा रिना कुमारी थापा क्षेत्री, बिष्णु प्रसाद सापकोटा र प्रेम प्रसाद शर्मा, सचिवमा रबी प्रसाद पौडेल, सह–सचिवमा शेर बहादुर थापा, कोषध्यक्षमा तिलक पौडेल र सह–कोषध्यक्षमा उमानन्द पाध्या चयन भएका छन् । भुगोल सहित समाबेशी हिसावमा बाँकी सबैलाई सदस्यमा चयन गरीएको नव निर्वाचित सचिव रवि प्रसाद पौडेलले बताए । समितिको सल्लाहकारमा बिष्णु प्रसाद सापकोटा, पुण्य शर्मा, नन्केशर पाध्या, कमलपति सापकोटा, टेकबहादुर क्षेत्री, विष्णु आचार्य र झपिन्द्र क्षेत्री चयन भएका छन् । भेलालाई सम्बोधन गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले संस्कार र संस्कृति बिनाको समाज परिकल्पना गर्न नसकिने बताए । कार्यक्रममा बिष्णु सापकोटा, बिष्णु प्रसाद आचार्य, शोभा प्रसाद शर्मा, प्रकाश पौडेल, हरि प्रसाद गौतम, जगन्नाथ आचार्य लगायतले बोलेका थिए ।





