ताराखाेला,१९ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताराखाेला कमिटीद्वारा १२ बर्षे जनयुद्धमा शाहदत प्राप्त गरेका एवं बेपत्ता पारिएकाका परिवारलाई सहिद सप्ताहकाे अवसरमा ताराखाेलामा एक कार्यक्रम गरि सम्मान गरिएको छ ।
बागलुङ जिल्लामा सबैभन्दा बढी जनयुद्धको क्रममा २१ सहिद हुने र २ जना बेपता हुने स्थान काे रूपमा चिनिएकाे ताराखाेला गाँउपालिकामा ने.क.पा ताराखाेलाकाे आयोजनामा बडा नम्बर ४ काे कार्यालय तारा गाउँमा मा २१ सहिद परिवार र २ बेपत्ता परिवारलाई सम्मान पत्र र दाेसल्ला ओडाई अभिनन्दन गरिएको छ । उक्कात कार्यक्रममा बोल्दै नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरेले शहिदकाे याेगदानका कारण संघियता, गणतन्त्र र धर्मनिरपेक्षता सम्भव भएकाे, ती प्राप्तिलाई सस्थागत गर्न सबै कम्युनिस्टहरू एक ठाउँ मा उभिएर बाँकी रहेमा कार्यदिशा पूरा गर्नु , र याे सरकारले देशमा स्थायित्व र समृद्धिकाे ढाेका खाेल्ने विश्वास ब्यक्त गरे । नेकपा ताराखाेला कमिटी अध्यक्ष दिवस खत्रीले सहिद परिवारलाई पार्टीको मायाभएकाे तर जनप्रतिनिधि र नेतालाई पाटीकाेमाया नभएको त्यसैले सहिद परिवारले निरन्तर खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा सहिद परिवारकाे तर्फबाट सूर्य ब घर्ती र भद्र ब धर्ती साेनामले शहिदले राज्यप्रर्ति अफ्नाे दात्यिव पूरा गरेकाे तर राज्य र स्थानीय निकाायहरूले सहिद परिवारका लागि प्रभाबकारी कार्यक्रम ल्याउन नसकेको बताए ।





