बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य : मन्त्री गुरुङ्ग

स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य : मन्त्री गुरुङ्ग

'सवैको पहुँच प्राप्त हुने गरी निर्माण भएको खुल्ला व्यायामशालाले प्राकृतिक चिकित्सालयको जस्तै काम गर्ने'


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७६, सोमबार

लेखनाथ, १९ फागुन – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले पछिल्लो समय अधिकांस मानिस खानपान र जीवनशैलीका कारण रोगी बन्दै गैरहेको बताएका छन् ।
पोखरा महानगरपालिकाको वडा नं. २९ भण्डारढिक रंगशाला परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशाला तथा पार्कको उद्घाटन गर्दै मन्त्री गुरुङ्गले जीवन शैली सुधार गर्न, जीवनशैलीको सुधार र शारिरिक व्यायम आबश्यक रहेको बताए । उनले सवैको पहुँच प्राप्त हुने गरी निर्माण भएको खुल्ला व्यायामशालाले प्राकृतिक चिकित्सालयको जस्तै काम गर्ने उल्लेख गरे ।
मन्त्री गुरुङ्गले गण्डकी प्रदेश सरकारले पोखरालाई खेलकुद र पर्यटनको हवका रुपमा विकास गर्ने गरी योजना बनाएर अघि बढेको स्पष्ट पारे । उनले गण्डकी प्रदेश सरकार दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने बाटो तर्फ उन्मुख रहेको उल्लेख गर्दै, त्यसको परिणामका लागि दुई बर्ष धैर्य गर्न आग्रह गरे ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि ले स्वस्थ नागरिक स्वस्थ महानगरको अवधारणा अनुसार नगरका विभिन्न वडामा खुल्ला व्यायमशालाको निर्माण गरिएको स्पष्ट पारे । उनले निर्माण भएका संरचनाको सरक्षण गर्न जोड दिदै, महानगर २० बर्षे गुरुयोजना निर्माण गरेर अघि बढ्ने खोजेको स्पष्ट पारे ।
पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वडा नंं २९ वडाकमिटीका अध्यक्ष तिल कुमारी थापा, नेपाली काग्रेस वडा नं. २९ वडा इकाई सभापति दिपकमणि भण्डारी, आदर्श युवा क्लवका सहसचिव लक्ष्मी गुरुङ्ग लगायतले निर्माण भएका संरचनाको संरक्षणमा जोड दिएका थिए ।
खुल्ला व्यायामशाला तथा पार्क पोखरा महानगरको ४९ लाख रुपैयाको आर्थिक सहयोगमा निर्माण भएको हो । पार्क निर्माणको संयोजक स्थानीय आदर्श युवा क्लवले गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->