आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर आउनेछु : प्रधानमन्त्री (भिडियो सहित )

मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर आउनेछु : प्रधानमन्त्री (भिडियो सहित )

ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । उनलाई भान्जीले मिर्गौला दिनेछिन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७६, सोमबार

काठमाडौं, १९ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना हुनुपूर्व भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह गरेका छन् । केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले आफू थप उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्किने बताउँदै भनेका  छन्, ‘संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ। म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस्।”
भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वाससहित आउने विश्‍वास व्यक्त गरेका छन्। ओलीले आफ्नै देशका अनुभवी चिकित्सकद्वारा गरिने मिर्गौला प्रत्यारोपणको सुविधा प्राप्त हुँदा गर्व लागेको बताए। उनले भनेका छन्, ‘विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन। यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु। त्यसमाथि आफ्नै देशका अनुभवी चिकित्सकहरूद्धारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु।
ओलीले आफ्नो सिंगो जीवन संघर्षमै बितेको स्मरण गर्दै भनेका छन्, मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ। उनले भने, ‘आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ। त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। आगामी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुँदैछु।’
ओलीले भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप नहुने दृढता व्यक्त गर्दै भने,  ‘भनिन्छ, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं। त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरू सबैले आफूलाई उभ्याउनु भयो’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं। जसरी खेलको बीचमा ‘बेष्ट स्ट्राइकर’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्‍न।’
ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । उनलाई भान्जीले मिर्गौला दिनेछिन् । भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफूले जगाएका सपनाहरुलाई बीचमा छाडेर अलप नहुनेसमेत बताएका छन् । । उनले भने, संसारमा केही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जाग्रित हुँदै गरेका सपनाहरुलाई साकार पार्न हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->