बागलुङ,१९ फागुन – राष्ट्रिय जनमोर्चा बागलुङले १० टाेली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियानकाे कार्यक्रम पदमफुल, बाच्छीखर्क, जैदी, घाेसा, लेवाङ र झिवाखाेलामा सम्पन्न गरेकाे छ । जस अन्तरगत टाेली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचाैरकाे पदमफुलमा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरले अहिले देशकाे राष्ट्रियता कमजाेर भएकाे बेला राष्ट्रियता, जनतन्त्र र जनजिविकाकाे पक्षमा निरन्तर अगाडि बढेकाे पार्टी राष्ट्रिय जनमाेर्चाकाे अभियानलाई सशक्त पार्न अनुराेध गरे ।
कार्यक्रममा जिल्ला सल्लाहकार टिकाराम शर्मा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य अमित के.सी., वडा सदस्य बिष्णु पुन लगायतले मन्तव्य राखेका थिए । आज नै बाटाकाचाैरकाे बाच्छीखर्कमा टाेल प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाँउपालिका अध्यक्ष कृष्ण पाैडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन,राष्ट्रिय जनमाेर्चा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, पालिका सदस्य शेर बहादुर पुन, वडा समिति अध्यक्ष पृथ्वी पुन लगायतले राखेका थिए ।
टाेली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ७ जैदीमा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेकाे छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष के.बि.थापा, पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिल बहादुर दर्जी, जिल्ला सदस्य लिलादेवि शर्मा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमाेर्चा जैमिनीका सदस्य हाेम बहादुर पुन, लगायतका टाेलीले अभियान अगाडि बढाएकाे छ ।
टाेली नं. ८ ले ढाेरपाटन नगरपालिका वडा नं. ३ काे घाेसामा पर्चा तथा सदस्यता बितरण सम्पन्न गरेकाे छ । अभियानमा वडा समितिका अध्यक्ष हिरा बहादुर खत्री, टेकलाल पाण्डे लगायतकाे टाेली रहेको छ ।
टाेली नं. ९ ले निसीखाेला गाउँपालिका वडा नं. १ लेवाङमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा निसीखाेला गाउँ समितिका उपाध्यक्ष थमन घर्ती, वडा समितिका अध्यक्ष मान बहादुर पुन लगायतले मन्तव्य राखेका थिए। सोमवारनै झिवाखाेलामा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा निसीखाेला गाउँ समितिका सल्लाहकार प्रगती बुढा, पालिका सचिव मिलन हमाल, वडा समितिका अध्यक्ष शेर बहादुर शाही, हिरा बहादुर शाही लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।





