आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गोरखाबाट आठ जना चिनियाँ कामदार नियन्त्रणमा

गोरखाबाट आठ जना चिनियाँ कामदार नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७६, मंगलबार

पोखरा,२० फागुन – माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको थियो।नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो।
आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका आठै जनालाई काठमाडौं पठाएको जानकारी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दिए। चिनियाँलाई सोमबार नियन्त्रणमा लिइएको थियो।
लिङ्घु केशेङ, ट्याङ डाक्वीङ, ट्याङ गुवाङलिन, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन र याङ जियाचुनलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको प्रजिअ पौडेलले बताए।
आधिकारिक कागजपत्र विना काम गरेको भेटिएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ। उनीहरूलाई कागजपत्र जुटाउन यसअघि सचेत गराए पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको हो। प्रहरी, प्रशासनले कागजपत्र मागेपछि १५ जनामध्ये ७ जनाले काम छाडेका थिए।
उनीहरूमध्ये केहीको साथमा पर्यटन भिसा मात्रै छ भने केहीसँग भिसा पनि छैन। तर काम गर्न पाउने स्वीकृति पत्र साथमा फेला नपरेपछि नियन्त्रणमा लिनुपरेको प्रजिअ पौडेलले जानकारी दिए।
‘पर्यटक भिसामा आएर यहाँ काम गर्न पाइँदैन,’ प्रजिअ पौडेलले भने, ‘हामीले पक्राउ गरेर अध्यागमन पठाएका छौं। थप अनुसन्धान र कारबाही अध्यागनले नै गर्छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->