बागलुङ, २२ फागुन – गत फागुन ५ देखि गल्कोट नगरपालिका–५ टेउवामा सुरुभएको अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै बुधबार सकिएको छ । कार्यशालाले मुर्तिसँगै अन्तराष्ट्रिय स्तरको मान्यता पनि प्राप्त गरेको हो । संग्रहालय बनाउने भनिएको कार्यशालामा ठुला ठुला ढुंगामा बनेका आकृति तयार भएका छन् । तिनै आकृति र सहभागि मुर्तिकारको मुल्यांकन गर्दै अन्तराष्ट्रिय मान्यता सहितको प्रमाणपत्र कार्यशालाले पाएको छ । गण्डकी प्रदेशमै पहिलोपटक अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार सहभागी गराएर आयोजना गरिएको कार्यशालाले अन्तराष्ट्रिय स्तरको मान्यता पाएको हो । मुर्तिकारहरुको अन्तराष्ट्रिय संस्था ‘Aiesm’ले कार्याशालालाई मान्यता दिएको हो । बुधबार उक्त संस्थाले पठाएको प्रमाणपत्र गल्कोट कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । कार्यशालाले अन्तरराष्ट्रिय स्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मुर्तिकार ओम खत्रीले बताए । बुधबारनै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यशालाको समापनगरे ।
कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिएका थिए । ठुला ढंगाबाट बनेका मुर्ति कार्यशाला स्थलमा ठडिएका छन् । अव यो स्थान पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने छ । कलाकारलाई बिहिबार बिहान बिदाई गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा सहभागी थिए । यो कार्यशालाबाट तयार भएका मुर्तिबाट अनुसन्धान केन्द्र बनाउने योजना रहेको आयोजक संस्था गल्कोट कला केन्द्रका अध्यक्ष पुर्ण बहादुर रानाले बताए ।
प्रस्तुत छ कार्यशालामा तयार भएका केहि मुर्तिहरुको तस्विर….












