आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रधानमन्त्रीले कालो चिया पिए, सोमबारसम्म डिस्चार्ज गरिने

प्रधानमन्त्रीले कालो चिया पिए, सोमबारसम्म डिस्चार्ज गरिने

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिने।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७६, बिहिबार

काठमाडौं, २२ फागुनप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । ओलीले बिहीबार बिहान कालो चिया र पानी पिएको चिकित्सकले बताएका छन् । ओलीको दोस्रो पटक बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको हो । उनलाई त्रिवि शिक्षण अस्पतालको पोष्ट अपरेशन वार्डमा राखिएको छ ।
अपरेसनपछि ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गरिरहेको चिकित्सकले बताएका छन् ।
उपचारमा संलग्न चिकित्सक डा. प्रेम ज्ञवालीले सोमबारसम्म प्रधानमन्त्रीको डिस्चार्ज हुने सम्भावना रहेको बताए । भान्जी नाता पर्ने समिक्षा संग्रौलाले ओलीलाई मिर्गाैला दिएकी हुन् । उनको पनि स्वास्थ्य अवस्था राम्रो छ ।
चिकित्सकका अनुसार ओलीको अन्य सूचकहरु राम्रो रहेको रहेको छ। प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ। उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->