आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेकपाले पार्टी जनसम्बन्ध बिस्तार अभियान चलाउने

नेकपाले पार्टी जनसम्बन्ध बिस्तार अभियान चलाउने


  • Dhorpatan News
  • फाल्गुन २३ २०७६, शुक्रबार

बागलुङ, २३ फागुन – नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटि बैठकले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान चलाउने भएको छ । बिहिबार बसेको तेस्रो पूर्ण बैठकले बिकास निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको हो । आगामी चैत गतेदेखि जनसम्बन्ध बिस्तार अभियानलाई जिल्ला तहमा औपचारिक थालनी गर्ने समेत निर्णय गरेको पार्टी सचिव ज्ञामनाथ गैरे अनिलले बताए ।
पार्टी एकीकरणको लामो समय भएपनि पूर्णता नपाएकोले यो अभियान चलाईनेछ । त्यसका लागि बैठकले तालिका बनाएर अगाडि बढ्ने निर्णय गरेको हो । जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता र सचिव गैरेको संचालनमा सम्पन्न बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा संलग्नलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै हाल त्रासमा रहेको कोरोना भाइरस बिरुद्ध सचेत रहनका लागि आम नागरिकलाई अपिल जारी गर्ने पनि निर्णय भएको हो । उत्तरगंगा जलविद्युत आयोजनाको डिपिआर अनुसारको काम गर्न र मध्यपहाडी लोकमार्गमा ढीला भएको तर्फ सरकारलाई औपचारिक रुपमै ध्यानाकर्षण गराउने प्रस्ताबको निर्णय गरिएको गैरेले जानकारी दिए । पार्टीले गरेका निर्णय, कार्यक्रम तालिका तथा अन्य बिषयहरुको एकमुष्ट दस्ताबेज बनाएर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने समेत उनले जानकारी दिए । बैठकमा प्रदेश कमिटिका सचिव गोबिन्दबहादुर नेपाली, जिल्ला इन्चार्ज बलाबती शर्मा लागयतले बैठकमा महत्वपूर्ण सुझावहरु प्रस्तुत गरेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->