बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी जागरणद्वारा आविष्कार केन्द्रलाई सहयोग

धौलागिरी जागरणद्वारा आविष्कार केन्द्रलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७६, शुक्रबार

बागलुङ, २३ फागुन – बागलुङ सदरमुकाबाट प्रकाशित धौलागिरी जागरण दैनिकको १३ वार्षिकोत्वसको खर्च जोगाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको छ ।
आदर्श सञ्चार सहकारी संस्था बागलुङले प्रकाशन गरेको धौलागिरी जागरण दैनिकको शुक्रबार १३ वार्षिकोत्सव ढोरपाटनमा पुगेर मनाउने कार्यक्रम तय भएको थियो ।
तर, विश्वव्यापी रुपमा चुनौति र जोखिमको रुपमा देखिएको कोरोना भाइरसका कारण वार्षिकोत्सवका औपचारिक यात्रा समारोहका कार्यक्रम नगरी उक्त कार्यक्रममा लाग्ने खर्च जोगाएर महाविर पुनले आविष्कार केन्द्र सञ्चालनार्थ सञ्चालित अभियानमा २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको पत्रिकाका सम्पादक रामबहादुर जिसीले जानकारी दिए ।
‘समृद्धिका लागि ग्रामिण सञ्चार हाम्रो अभियान हो,’ सम्पादक जिसीले भने, ‘हरेक बार्षिकोत्सव ग्रामिण क्षेत्रमा मनाउने परम्परा जस्तो विकास गरेका थियौ, तर यसपटक कोरोनाका कारण सञ्चार प्रविधिका अभियन्ता महाविर पुनको अभियानमा साथ दिने गरी जोडिएका छौ ।’
म्यागासेसे पुरस्कार बिजेता महाविर पुनले वार्षिकोत्सवको खर्च कटाएर आविष्कार केन्द्रलाई गरिएको सहयोग आफ्नो वृहत्तर अभियानका लागि सहयोगी बन्ने उनले बताए ।
आदर्शले कार्यालयमै सामान्य पत्रकारहरुसँग चियापान गरेर पत्रिका, वार्षिकोत्सवको सहयोग हस्तान्तरण र आगामी यात्राका बारेमा जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->