बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीवीच कार्यशाला

जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीवीच कार्यशाला


  • Dhorpatan News
  • फाल्गुन २३ २०७६, शुक्रबार

पोखरा,२३ फागुन – राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीका लागी पोखरामा आयोजना गरिएको क्षमता बिकास कार्यशाला शुक्रवार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत आयोजना गरेको कार्यशालामाख पोखरा महागरपालिकाका ३३ वडाका जनप्रतिनिधिहरु सगै बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समिति र स्थानिय शिक्षाप्रेमि गरि ८१ जनाको सहभागिता रहेको पढाइ कार्यक्रमका कास्की जिल्ला संयोजक कृण्ण खतीवडाले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले शिक्षा महत्वपुर्ण क्षेत्र भएकोले कार्यशालाले जनप्रतिनिधी लगायत शिक्षा समबद्ध सबैमा उपलब्धि मुलक भएकोमा आफु बिश्वस्त रहेको बताए ।
कार्यक्रमका अध्यक्ष पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका गंगा बहादुर थापाले पोखरा महानगरपालिकालाई गण्डकी प्रदेशकै शिक्षाको हवको रुपमा बिकास गर्ने र यस्का लागि आफुहरु लागेकाले सबैको सहयोग महत्वपूर्ण हुने बताए ।
सहभागीको तर्फबाट नविन मावीका प्रधानाध्यापक शिरोमणी लामिछानेले तालिममा सिकेको कुरा कक्षाकोठामा प्रयोग गरिने बिश्वास ब्यक्त गरे । उनले बालबालिकामा प्रारम्भिक कक्षा पढाइले पठन सिपको राम्रो बिकास भएको बताए ।
वडा नं २२ का वडाअध्यक्ष लाल बरालले कार्यक्रम धेरै फलदायी भएको बताउनु भयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने उनको माग थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका शैक्षिक महाशाखा बद्रिनाथ सुवेदी, शिक्षा बिकास तथा समन्वय इकाइ कास्कीका फोकल प्रर्सन बबीता शर्माले र जिल्ला संयोजक कृण्ण खतीवडाले कार्यक्रमका विविध पक्षका सहजीकरण गरेका थिए।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा पढन शिप विकास गर्ने उदेश्य सहित सन् २०१४ देखि सुरु भएकोे पढाइ कार्यक्रम कास्कीसगै देशका १६ जिल्लामा संचालित छन् । कार्यक्रम कास्कीका ३७२ विद्यालयमा संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->