आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विप्लवका कार्यकर्ताद्वारा पार्टी परित्याग

विप्लवका कार्यकर्ताद्वारा पार्टी परित्याग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७६, शुक्रबार

बागलुङ,२३ फागुन – नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिका बागलुङ नगर कमिटी इन्चार्ज काशीनाथ पौडेलले पार्टि परित्याग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै पौडेलले पार्टि परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टिका कुनैपनि कार्यक्रममा सहभागि नहुने र नेपालको कानुनले बर्जित गरेका क्रियाकलापमा सहभागि नहुने प्रतिबद्धतासहित पौडेलले पार्टि परित्यागको घोषणा गरेका हुन् । जिल्ला प्रशासन, प्रहरी, राजनीतिक दल, जनप्रतिनिधि र समाजसेवी लगायतको रोहबरमा उनले पार्टि परित्याग गरेको बिज्ञप्ती सार्वजनिक गरेका थिए । उनले बिज्ञप्तीमार्फत आफ्नै कृषि कर्म गरेर बस्ने उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले गत फागुन १ गते उनलाई बागलुङ नगरपालिका–४ कुँडुलेस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रशासनमा आयोजित एक कार्यक्रममा पार्टि परित्यागको घोषणा गरेसँगै पौडेललाई नियन्त्रण मुक्त गरिएको प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।
२०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका समयमा पनि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । निर्वाचन बिरोधी गतिविधि गरेको भन्दै पौडेललाई २४ दिनसम्म हिरासतमा राखिएको थियो । पौडेल विप्लव नेतृत्वको पार्टिमा बागलुङ नगरपालिकाका प्रभावशाली नेता मानिन्थे । लामो कसरतपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । थुनामुक्त भएसँगै पौडेल शुक्रबारनै घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->