आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अक्षयकोष स्थापना

अक्षयकोष स्थापना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७६, सोमबार

बागलुङ,२६ फागुन – आफ्ना सानोबाबु र सानीआमाको स्मृतिमा तीन भाईले बिद्यालयमा अक्षयकोष स्थापना गराएका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ विहुँका गौरीश्वर शर्मा, बालकृष्ण सुवेदी र दिपक सुवेदीले बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको त्रिभुवन माविमा अक्षयकोष स्थापना गरेका हुन् ।
सुवेदी परिवारले पैयुँपाटा निबासी स्व. मोहदत्त लामिछाने र स्व. कौशिलादेवीको सम्झनामा १ लाख २५ हजार ५ सय ५ रुपैयाँको अक्षकोष स्थापना गरेको त्रिभुवन मावि पैयुँपाटाका शिक्षक कृष्ण पौडेलले जानकारी दिए । उनीहरुले आफ्नी सानीआमाको निधन भएको १३ औ दिनको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ शर्मा र प्रअ रमाशंकर शर्मालाई अक्षयकोषको रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकम त्रिभुवन मावि, पैयुँपाटामा ‘मोहदत्त कौशिला अक्षयकोष’ को नाममा रहने बताइएको छ । उक्त रकमको व्याजबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने उद्देश्य राखिएको शर्माले बताए । आँफूले पढेको बिद्यालय भएकोले कोष स्थापना गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->